४० वर्षभन्दा माथिका सबै नागरिकको सरकारले पिसाब जाँच्ने

४० वर्षभन्दा माथिका सबै नागरिकको सरकारले पिसाब जाँच्ने
+
-

काठमाडौँ – सरकारले ४० वर्ष उमेर समूहमाथिका सबै नागरिकको पिसाब जाँच गर्ने भएको छ। संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा कृष्ण पौड्यालले मिर्गौला रोगबाट जोगाउन पूर्वसुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको बताए।

देशका प्रत्येक वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको उनको भनाइ छ।

उनले ४० वर्षमाथिका देशभरका नागरिकको पिसाब जाँच गर्न प्रतिव्यक्ति ५० रूपैयाँका दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने जानकारी दिए।

पूर्वरोकथाममा ध्यान नदिए मिर्गौला रोगी बढेर सरकारले धान्नै नसक्ने अवस्था आउने भन्दै सरकारले पूर्वसुरक्षाका लागि ध्यान दिएको उनको भनाइ थियो।

छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको बताउँदै मिर्गौला फेल भएकाहरूलाई डायलासिस गर्न पर्याप्त मेसिन नरहेको बताए। उनले प्रत्येक जिल्लामा डायलासिस सेन्टर र प्रत्येक प्रदेशमा मिर्गौला प्रत्यारोपण अस्पताल बनाउन आवश्यक रहेको बताएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?