अब एपबाटै आउनेछन् काठमाडौँका ट्याक्सी

अब एपबाटै आउनेछन् काठमाडौँका ट्याक्सी
+
-

काठमाडौँ – काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सी सेवा सुरु भएको छ।

मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन सकिने सुविधासहित सुरु भएको हो।

मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन् । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ।

यस मेट्रो अनलाइन ट्याक्सीमा ५ हजारभन्दा धेरै ट्याक्सी समावेश छन् जसले यसलाई नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको छ।

ट्याक्सी सेवालाई डिजिटलाइज र अत्याधुनिक बनाउनका लागि आएको मेट्रो अनलाइन ट्याक्सीले अनौपचारिक रूपमा सेवा सुरु गरिसकेको छ।

यसैबीच, मेट्रो अनलाइन ट्याक्सीले बुधबार ट्याक्सी चालकका लागि अनलाइन ट्याक्सी सेवा र ग्राहकलाई प्रदान गर्ने सेवाबारे अभिमूखीकरण तालिम पनि सञ्चालन गरेको छ।

तालिममा अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्ने, एप प्रयोग गर्ने तरिका, ग्राहकसँग गरिने व्यवहारलगायत विषयमा ट्याक्सी चालकलाई तालिम प्रदान गरिएको छ।

सो तालिमले आगामी दिनमा काठमाडौं उपत्यकाका सञ्चालनमा रहेका ट्याक्सी चालकको ग्राहकसँगको व्यवहार र सम्बन्धमा सुधार हुने र यसले ट्याक्सी सेवालाई मर्यादित तथा व्यवस्थित बनाउने कम्पनीका बजार व्यवस्थापन प्रमुख सूर्य तामाङले जानकारी दिए।

यस्तो तालिम मासिक रूपमा विभिन्न क्षेत्र र स्थानमा गरिने योजना रहेको उनले बताए। मेट्रो अनलाइन ट्याक्सीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सबै ट्याक्सीधनी र चालकसँगको सहकार्यमा ट्याक्सीलाई अत्याधुनिक प्रविधियुक्त बनाउने, डिजिटल प्लेटफर्मको अधिकतम उपयोग गर्ने उद्देश्यले काम गरिरहेको छ।

मेट्रो अनलाइन ट्याक्सीमा यात्रुले न्यूनतम ९९ रुपैयाँमै ट्याक्सी सेवा उपयोग गर्न सक्ने कम्पनीका प्रशासनिक प्रमुख रवीन्द्रभूपाल प्रधानले जानकारी दिए।

‘हामीले हालसम्मकै सस्तो भाडादरमा आधारित भएर ट्याक्सी सेवा दिनेछौं । यसमा न्यूनतम ९९ रुपैयाँमै यात्रुले ट्याक्सी चढ्न सक्नेछन्,’ प्रशासनिक प्रमुख प्रधानले भने।

आगामी दिनमा मेट्रो अनलाइन ट्याक्सीमा थप ट्याक्सीलाई सहभागी गराउने र सेवा क्षेत्र विस्तार गर्ने योजना रहेको उनले बताए। मेट्रो अनलाइन ट्याक्सीमार्फत सेवा लिन चाहने यात्रुले एपमा रजिस्टर गरेर मात्र सेवा लिँदा सुरक्षित हुने र यात्रा भरपर्दो बनाउन सकिनेछ भने आगामी दिनमा सेवा सुधारमा पनि सहयोग पुग्ने कम्पनीको विश्वास छ।

ट्याक्सी स्ट्यान्डमा आएका यात्रुलाई सेवा दिनुपर्दा चालकले एपमा रजिस्टर गराई मात्र सेवा दिनेछन्। यसले गर्दा यात्रु र चालक दुबै सुरक्षित हुन सक्नेछन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?