
काठमाडौँ – आइएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्सले बडादसैँ र तिहारलाई लक्ष्य गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ।
जसअन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानीछानी उपहार पाउनेछन्।
चाडपर्वमा ग्राहकले अफरलाई नै बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको मागअनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए।
यस योजनाअनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिपरको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छाअनुसार उपहार छानी छानी लान सक्नेछन्।
अफरअन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभी साथै क्यास डिस्काउन्ट पाउन सक्नेछन्।
ग्राहकले टिपर वा बस खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रो क्याक्स अथवा टिभिएस एनट्रोवक स्कुटर पाउन सक्नेछन्। ६० ग्राम सुन अथवा एप्पल म्यक बुक प्रो साथै आइफोन १२ प्रो म्याक्स वा रोयल इनफिडी पाउन सक्नेछन्। यस्तै किसिमका अन्य अफर पनि रहेको कम्पनीले जनाएको छ।