
काठमाडौँ– सिद्धार्थ बैंकले बिहीबार आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत ४ लाख ९७ हजार २ सय रुपैयाँको चेक जोन्टा क्लब अफ काठमाडौँलाई हस्तान्तरण गरेको छ।
उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउन प्रयोग गरिनेछ। सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरेका हुन्।
जोन्टा काठमाडौँले हिंसापीडित महिलालाई सहयोग गर्न विभिन्न साझेदारसँग काम गरिरहेको छ र ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइनसँग पनि सहकार्य गरेको छ।
२००२ मा स्थापित सिद्धार्थ बैंक लिमिटेड बैँकिङ र रेमिट्यान्स सेवा प्रदान गर्ने नेपालको सबैभन्दा ठूलो निजी वाणिज्य बैंकमध्येको एक हो। बैंकको देशभरिमा १८० वटाभन्दा बढी शाखा छन् र यसको प्रधान कार्यालय काठमाडौंमा अवस्थित छ।