
काठमाडौँ – एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेर विश्वबजार र प्रविधिको क्षेत्रमा नेपालको नाम राख्न सफल भएको छ।
जीबीओ अवार्डअन्तर्गत एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड जितेका हुन्।
लन्डनस्थित प्रकाशनगृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ। यो अवार्ड बैंकिङ, वित्तीय, घरजग्गा, दूरसञ्चार, उड्डयन तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कम्पनी र नेतृत्वकर्तालाई दिइन्छ। कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरूले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइन्छ।
साथै, एनसेल ‘वल्र्ड कम्युनिकेसन्स् अवार्ड २०२१’ का दुई छुट्टाछुट्टै विधा ‘सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’का लागि पनि सूचीकृत भएको छ। यो पुरस्कार घोषणा अक्टोबर २६ र २७ मा टोटल टेलिकम कंग्रेस कार्यक्रममाझ लन्डनमा गरिनेछ।
त्यस्तै, ‘ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१’ अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसका लागि ल्याएको योजनाका लागि पनि एनसेल ‘बेस्ट सोसल मिडिया क्याम्पियन’ अवार्डमा सूचीकृत भएको छ। पुरस्कार विजेताको घोषणा अक्टोबर २० मा लन्डनमै आयोजना हुने जीसीएको कार्यक्रममा हुनेछ।
‘मस्ट सोसिएल्ली रेस्पनसिबल टेलिकम कम्पनी’ र ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड जित्न सफल भएकोमा खुसी व्यक्त गर्दै एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले भने, ‘एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सामाजिक पहलअन्तर्गत हामीले समुदायमा पुर्याएको महत्त्वपूर्ण योगदानको कदरस्वरूप यो अवार्ड पाएकोमा हामी निकै हर्षित छौँ।’
शिक्षा, स्वास्थ्य र वातावरणजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै देशको विकास र दिगो विकास लक्ष्य हासिल गर्नका लागि योगदान पु¥याउन विभिन्न सामाजिक परियोजनामा १ अर्ब ४० करोड रूपैयाँभन्दा बढी लगानी गरिसकेको उनले बताए।
सामाजिक योगदानबारे स्पष्ट पार्दै उनले थपे, ‘हाम्रा सबै सफलता र उपलब्धि हामीले आफ्ना लागि बनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलका कर्मचारीलाई दिन्छु। उहाँहरूको कडा मिहिनेत र प्रतिबद्धताका लागि हार्दिक धन्यवाद दिन चाहन्छु।’
सही काममा मात्र केन्द्रित हुने चोङको कार्यशैलीको नतिजाअनुरूप एनसेलले सामाजिक योगदानको मामिलामा उदाहरणीय काम गर्न सफल भएको छ। एनसेलले सच्चा कर्पोरेट नागरिकको रूपमा सामाजिक जिम्मेवारी निभाउँदै समाजको समग्र विकासका लागि योगदान पुर्याइरहेको छ।
दूरसञ्चार, आईटी, टेक्नोलोजी र इलेक्ट्रोनिक्स्जस्ता क्षेत्रमा ३० वर्षभन्दा बढी व्यवस्थापन र सञ्चालन क्षेत्रको अनुभव बटुलेका चोङ एक दूरदर्शी तथा रणनीतिक नेतृत्वकर्ता हुन्।
कोभिड–१९ महामारीको जोखिमबीच पनि उनको प्राथमिकता आफ्ना ग्राहक, पार्टनर र कर्मचारीको स्वास्थ्य सुनिश्चितता र सरकारलाई यस महामारीमा सहयोग गर्नेमा रहेको छ।
‘टेलिकम सीईओ अफ दि इयर’को सम्मानले एनसेलमा चोङले सहानुभूतिपूर्ण र संगठनात्मक संस्कृति निर्माणमा निभाएको नेतृत्वदायी भूमिकालाई झल्काउँछ। कम्पनीको स्पष्ट लक्ष्य राख्दै उनले कर्मचारीलाई प्रेरणा प्रदान गरिरहन्छन् र उद्देश्य प्राप्तिका लागि कसरी अगाडि बढ्ने भनेर मार्गदर्शन गर्छन्।
चोङको नेतृत्वमा एनसेलको प्रमुख प्राथमिकता डिजिटलाइजेसन रहँदै आएको छ। कम्पनीले सन् २०२५ सम्म डिजिटल सेवाप्रदायक कम्पनीका रूपमा स्थापित हुने लक्ष्यसाथ काम गरिरहेको छ।
ग्राहकमाझ उच्चस्तरीय तथा नवीन सेवा ल्याउने प्रतिबद्धताअनुरुप चोङले कम्पनीलाई भीओएलटीई सक्षम बनाएका छन्। साथै, उच्च गुणस्तरीय, आधुनिक र सुलभ दरमा ग्राहकलाई सेवा सुनिश्चित गर्न ९०० मेगाहर्ज ब्यान्डमा फोरजी सेवाको कभरेज अझै फराकिलो र इन्डोर कभरेजमा पनि थप सुधार गरिएको छ।
चोङले एनसेलका कर्मचारीको क्षमता अभिवृद्धि तथा विकासलाई पनि प्राथमिकतामा राख्दै आएका छन्। यसका लागि उनले आजियाटा ग्रुपसँगको समन्वयमा कर्मचारीको कुशलतामा निखार ल्याउन व्यवस्थित र बृहत् कार्यक्रममा जोड दिएका छन्।
त्यसैगरी, उनले आजियाटा ग्रुपसँगको समन्वयमा कम्पनीका विशेष क्षेत्रमा ‘बेस्ट प्राक्टिसेस्’ अर्थात् राम्रा अभ्यास लागू गर्न सहयोग पु¥याएका छन्। यस्ता अभ्यास लागू गर्दा आजियटा गु्रप र एनसेलका सम्बन्धित टिम मिलेर कम्पनीका लागि के गर्दा राम्रो हुन्छ भनेर सामूहिक रूपमा निचोड निकालिन्छ।
चोङसँग मलेसिया, सिंगापुर र इन्डोनेसियामा सीईओका साथै सेल्स एन्ड मार्केटिङ, टेक्निकल एन्ड अपरेसन्स् र फाइनान्सका क्षेत्रमा शीर्ष व्यवस्थापन पदमा रही काम गरेको लामो अनुभव छ।
सन् २००८ मा आजियाटा ग्रुपमा आबद्ध भएका चोङले सन् २०१४ सम्म सिनियर भाइस प्रेसिडेन्ट एन्ड हेड अफ ग्रुप मार्केटिङ एन्ड अपरेसन्सका रूपमा काम गरेका थिए। सन् २०१६ मा उनी अन्तरिम चिफ कमर्सियल अफिसर र २०१८ मा चिफ कमर्सियल अफिसरको रूपमा एनसेलसँग आबद्ध भएका थिए।
उनले २०१९ नोभेम्बरदेखि सीईओ÷प्रबन्ध निर्देशकको भूमिकामा कार्यभार सम्हाल्दै आएका छन्। चोङले मोनास युनिभर्सिटी अस्ट्रेलियाबाट जेनरल म्यानेजमेन्टमा एमबीए र इलेक्ट्रोनिक र कम्प्युटर सिस्टममा स्नातक गरेका छन्।