लुम्बिनी क्याम्पसमा सामाजिक सञ्जाल प्रयोगमा बन्देज

लुम्बिनी क्याम्पसमा सामाजिक सञ्जाल प्रयोगमा बन्देज
+
-

बुटवल– कलेज र विद्यालयका परिसर, कक्षाकोठा र परीक्षाहलमा समेत टिकटक बनाउन थालेपछि बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले टिकटक, फेसबुक, इन्स्टाग्राम र इमो जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न बन्देज लगाएको छ।

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको र कतिपय अवस्थामा अनुशासनको सीमा नाघेकाले क्याम्पस परिसरभित्र तस्वीर र भिडियो प्रयोग हुने सामाजिक सञ्जाल प्रयोगमा बन्देज लगाइएको क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले बताए।

क्याम्पसले बिहीबार सूचना नै निकालेर भनेको छ, ‘यस लुम्बिनी वाणिज्य क्याम्पस हाताभित्र टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता आधुनिक प्रविधि प्रयोग गरी कुनै पनि गतिविधि गर्न निषेधित गरिएको छ। अन्यथा पाइएमा कानुनी कारबाहीका लागि सिफारिस गरिने व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

पछिल्लो समय क्याम्पस हाताभित्र बनाएका टिकटक भिडियो भाइरल हुने र क्याम्पसकै प्रतिष्ठामा आँच पुग्ने किसिमका कमेन्ट आउन थालेपछि यस्तो निर्णय लिनुपरेको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए।

सामाजिक सञ्जालको दुरुपयोग गर्ने र प्रयोगकर्ताले मर्यादाको सीमा नाघ्न थालेको बुद्धिजीवी मनिकर कार्की बताउँछन्।

‘सामाजिक सञ्जालमा के गर्ने र के नगर्ने भन्ने कुरा व्यक्ति स्वयंले निर्धारण गर्नुपर्छ। यसमा आफैले आचारसंहिता बनाउने हो’, उनी भन्छन्, ‘सामाजिक सञ्जालमा छाडापन हुनुहुँदैन। मर्यादाभित्रै रहेर आफ्ना कुराहरु राख्नुपर्छ।’

उनी खुलापनको नाममा विकृति बढिरहेकोले सामाजिक सञ्जाल प्रयोगकर्ताहरु सजग हुनुपर्ने बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?