‘राजनीतिमा परिवर्तन र सुधार आउनुपर्छ’

‘राजनीतिमा परिवर्तन र सुधार आउनुपर्छ’
+
-

पाँचथर – देशमा कायम अव्यवस्था अपूर्ण शान्ति प्रक्रियाको नकारात्मक प्रतिफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले बताएका छन्।

‘त्रिपक्षीय द्वन्द्वको एक पक्ष, राजसंस्थालाई शान्ति निर्माण प्रक्रियामा सहभागी गराइएन। यस किसिमको निषेधले देशमा सकारात्मक शान्ति प्राप्त भएन’, कार्यसम्पादन सदस्य तथा प्रदेश १ का उपाध्यक्ष लावतीले भने।

लोकतन्त्रको दुहाइ दिएर नथाक्नेहरूको अल्पदृष्टि देश र समाजका लागि महँगो सावित भएको उनको भनाइ छ।

एकतीन, जोरपाटीमा सम्पन्न राप्रपाको फालेलुङ गाउँपरिषद् भेलालाई सम्बोधन गर्दै युवा नेता लावतीले भने, ‘देशमा नयाँ जनमत निर्माण भएको छ। यही जनचाहनाबमोजिम देशको राजनीतिमा परिवर्तन र सुधार आएन भने थप जटिलता सिर्जना हुन सक्छ।’

राजसंस्था, धर्म, परम्परालाई सम्मान र स्थान दिनु अपरिहार्य भएको उनले बताए। कार्यक्रममा केन्द्रीय सदस्य मानदेव केरुङले राप्रपामा तन्नेरी पुस्ताको सहभागिता र आकर्षण बढेको बताए।

राष्ट्रिय सन्दर्भमा टिप्पणी गर्दै उनले भने, ‘राजसंस्था र सनातन हिन्दू राष्ट्र पुनर्बहाली हुनुपर्छ। महँगो संघीयता अफापसिद्ध सावित भएको छ। अब छिट्टै जनताको बलमा राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना हुनेछ, विकसित राजनीतिक घटनाक्रमले यही अवस्था दर्शाएको छ।’

सह–अध्यक्ष राजकुमार जोशीले निर्वाचन निर्देशिकाबमोजिम वडा तहदेखि नै पाँचथरमा विधिवत् अधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए। कागज र श्रेष्ता मिलाउने नभएर अधिवेशनलाई जनसम्पर्क गर्ने, संगठन सुदृढ गर्ने अवसरको रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘पद्मसुन्दर लावतीको पदचिह्नमा हिँडेका हामी कार्यकर्ता इमान्दार रहनुपर्छ। छल, ढाँट, भ्रमको खेती जनताले पचाउँदैनन्, दीर्घजीवी रहँदैन।’

जिल्ला सदस्य पदम देव केरुङले सम्बोधनका क्रममा भने, ‘हिजो एउटा हावा थियो, जनतालाई ठुल्ठूला सपना बाँडिएको थियो। तर, त्यसअनुसार केही पनि काम पूरा भएन। यसैले विकल्पको रूपमा प्रस्तुत भएको राप्रपाप्रति जनताको चासो बढेको छ, आकर्षण र समर्थन बढिरहेको छ।’

कविरहाङ केरुङको अध्यक्षतामा सम्पन्न फालेलुङ गाउँपरिषद् भेलाले युवेन्द्र विक्रम जवेगुको अध्यक्षतामा गाउँ कार्यसमितिसमेत चयन गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?