
काठमाडौँ– रियलमीले दसैँ–तिहारको अवसरमा ‘रियलमी फेस्टिभल डेजस्’ अफर घोषणा गरेको छ। यो अफर असोज १६ गतेदेखि सुरु भई कात्तिक ३० गते सकिने कम्पनीले जानकारी दिएको हो।
यस अफरले रियलमीका नयाँ ग्राहकलाई चाडपर्वको अवसरमा धेरै उपहार जित्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। यो अफरमा ३ भाग्यशाली रियलमीका ग्राहकले बम्पर पुरस्कारमा ‘कोन्का ६४ ४के कोन्का फ्रन्टलोड वासिङमेसिन वा रियलमी ८’ प्राप्त गर्न सक्नेछन्।
साथै, प्रत्येक साता १२ जना भाग्यशाली ग्राहकले ‘‘सि११ २०२१’ र प्रत्येक दिन १८० जना भाग्यशाली ग्राहकले ‘कोन्का १८०० वाट भ्याकुम क्लिनर वा कोन्का १.८एल डिलक्स राइस कुकर, कोन्का १००० वाट आइरन, कोन्का २ः१सीएच होम थिएटर स्पिकरलगायत पुरस्कार जित्न सक्नेछन्।