
काठमाडौँ – स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड शाओमी नेपालले सोमबार शाओमी ११ लाइट एनई ५ जी को लन्चसँगै शाओमी ११ सिरिजलाई अझै विस्तार गरेको छ। प्रयोगकर्ताको अनुभवलाई एक स्तर माथि लैजाँदै, शाओमी ११ लाइट एनई ५ जी एक स्मार्टफोनमा नयाँपन र सौन्दर्य खोज्ने प्रयोगकर्ताका लागि डिजाइन गरिएको हो।
शाओमी ११ लाइट एनई ५ जी ले १२ ५जी ब्यान्ड सपोर्टसाथ एक ग्लोबल ५जी को अनुभव प्रदान गर्छ। ८ जीबीं२५६ जीबीको नेपाली बजारमा ४८ हजार ९ सय ९९ रुपैयाँ मूल्य तोकिएको छ।
यस्तै, ८ जीबीं१२८ जीबीको मूल्य ४५ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ। शाओमी ११ लाइट एनई ५ जी सोमबारदेखि डायमण्ड ड्याजल, टस्कनी कोरल, ज्याज ब्लू र विनाइल ब्ल्याक रंगमा नेपालभरिका सबै आधिकारिक स्टोरमा उपलब्ध हुनेछ।
शाओेमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले, ‘केही वर्षदेखि, विभिन्न श्रेणीमा उत्कृष्ट उत्पादन प्रस्तुत गर्ने हाम्रो निरन्तर प्रयासको साथ हामी प्रिमियम सेगमेन्टमा सफलता प्राप्त गर्न सफल भएका छौँ।’
यस वर्षको सुरुमा मी लाइटको लन्चसँगै, ग्राहकका लागि पहिलो जीवनशैली उन्मुख स्मार्टफोन लन्च गरेको उनले जानकारी दिए। उनका अनुसार ग्लोबल फुट प्रिन्टहरुको अनुसरण गर्दै शाओमी ११ लाइट एनई ५जीे नयाँ नामकरणसँग आउने पहिलो फोन बनेको छ।