
काठमाडौँ– दसैँ–तिहारको अवसरमा ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रालिको इकाइ) ले अफर ल्याएको छ। ‘दसैँ दक्षिणामा सिकाइ’ भन्ने नारासाथ ग्लोकल आफ्टर स्कुलले दसैं अफर ल्याएको हो। यो अफर नोभेम्बर १० सम्मका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
विजयादशमी, दीपावली र छठको शुभ अवसरमा, आफ्टर स्कुलले, रेकर्ड गरिएका पाठ्यक्रममा आवेदन खोलेको छ जसमा रुचि राख्ने शिक्षार्थीका लागि रोचक अफर घोषणा गरेको छ।
रेकर्ड गरिएका पाठ्यक्रम उनीहरू आफ्नै गतिमा सिक्न सक्छन् ।
उक्त अफरमा रेकर्ड कोर्सहरूमा १० प्रतिशत छुट, एक भाग्यशाली विजेतालाई टर्की एयरलाइन्सको माध्यमबाट संसारमा कहीँ पनि एक निःशुल्क राउन्ड ट्रिप टिकट प्राप्त हुनेछ। (टीएन्डसी लागू), ई–सेवामार्फत रजिस्टर गर्ने २०० जनाका लागि २० प्रतिशत क्यास ब्याकको सुविधा, एक भाग्यशाली व्यक्तिलाई सिद्धार्थ होटलमा नाइट स्टे (टीएन्डसी लागू) र एक भाग्यशाली व्यक्तिलाई कोजी होम बि एण्ड बीमा नाइट स्टे (टी एण्ड सी लागू) रहेका छन्।
ग्लोकल प्रालि शिक्षा, उद्यमशीलता र सीपको क्षेत्रमा कार्यरत व्यावसायिक संस्था हो । लामो समयदेखि युवा वर्गको सीप विकास गर्न र आफ्नो रुचि भएको विषयमा पोख्त हुन विभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धा आयोजना गर्दै उनीहरूलाई प्रोत्साहित गर्दै आएको छ।