लुम्बिनी सरकारले ल्यायो प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट

लुम्बिनी सरकारले ल्यायो प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट
+
-

बुटवल– लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ। प्रदेश सभाको बुधबारको बैठकमा सरकारले प्रमुख प्रतिपक्षी दलको बहिष्कारबीच प्रतिस्थापन विधेयक पेश गरेको हो।

आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फतकेही थप गरिएका र केही परिमार्जित कार्यक्रम सदनमा पेश गरेका थिए।

यसअघि एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले ल्याएको ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेटको अंकमा संशोधन नभए पनि केही मुख्य कार्यक्रमहरु परिमार्जन र परिवर्तन भएका छन्।

सरकारले चालु खर्चलाई घटाएर पुँजीगत खर्च बढाएको छ। यसअघिको बजेटमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन भएकोमा अहिले चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख र पूँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार रहेको छ।

मन्त्री खड्काले समृद्ध लुम्बिनीस् आत्मनिर्भर प्रदेशको नारा अघि सारेका छन्। सरकारले १८ वर्ष मुनिका बालबालिकाहरुको लागि कोभिड १९ विरुद्धको खोप खरिद तथा खोप अभियान, घरदैलोमा डाक्टर, जेष्ठ नागरिक अस्पताल र महिला तथा बाल अस्पताल स्थापना, जेष्ठ नागिरकसँग स्वास्थ्यकर्मी, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमजस्ता कार्यक्रम ल्याएको बताए।

उनले लुम्बिनी विश्वविद्यालय, लुम्बिनी सीप विकास प्रतिष्ठान, सार्वजनिक सुलभ पसल सञ्चालन, एक पालिका एक सामुहिक उद्यम कार्यक्रम, जेष्ठ नागरिक आवास ग्राम, द्वन्द्व प्रभावित परिवार रोजगार कार्यक्रम, उज्यालो प्रदेश जस्ता कार्यक्रम समेटिएको बताए।

बजेटमा लुम्बिनी प्रदेश बैंक स्थापना, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि बहु–सांस्कृतिक डबली निर्माण, निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित लुम्बिनी चिनाउने मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापना लगायतका केही नयाँ कार्यक्रम छन्।

लुम्बिनी प्रदेश सरकारले ५ दलीय गठबन्धनको साझा कार्यक्रम अनुसार बजेटलाई केही परिमार्जन र संशोधन गरेको हो। यसअघि अध्यादेशबाट ल्याइएको बजेटलाई संशोधन गरेर केही नयाँ कार्यक्रम थप गरी बजेट ल्याएको मन्त्री खड्काले बताए।

यसअघि अल्पमतमा परेको शंकर पोखरेलको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो। अध्यादेशमार्फत ल्याएको बजेट संसदमा पेश नगर्दै पोखरेल नेतृत्वको सरकार बहिर्गमन भएको थियो।

साउन २८ गते माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्वमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजय शाहीसमेतको गठबन्धन सरकार बनेको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?