उपत्यकामा भित्रिन थाले दसैँँ लक्षित खसी–बोका

उपत्यकामा भित्रिन थाले दसैँँ लक्षित खसी–बोका
+
-

काठमाडौँ – काठमाडौं उपत्यकामा दसैँँ लक्षित खसी–बोका भित्रिन थालेका छन्। कोरोना संक्रमणको जोखिम कम भएसँगै खसी बोका किन्नेको भीड बढ्न थालेको हो।

कोरोना संक्रमण फैलनुअघिका वर्षझैँ पर्याप्त मात्रामा खसी–बोका नआएका कारण मूल्यमा वृद्धि भएको छ। हिमाली जिल्लाबाट आउने च्यांग्र्रा पर्याप्त नआए पनि खसी–बोका काठमाडौंका मुख्य बजारमा ल्याउन थालिएको छ। काठमाडौं भित्रिने पशु चौपायाको स्वास्थ्य परीक्षण गरेर मात्र ल्याइने व्यवसायीले बताएका छन्।

अघिल्ला वर्षमा जिउँदो च्यांग्रा प्रतिकेजी ७, ८ सय रुपैयाँमा पाइने अहिले १३, १४ सय रुपैयाँ पर्न थालेपछि किन्न आउने उपभोक्ताले गुनासो गर्न थालेका छन्।

नेपालमा आउने च्यांग्रा हिमाली जिल्लाको साथै मित्रराष्ट्र चीनको सीमावर्ती गाउँबाट पनि आउँछ।

कोरोना संक्रमण जोखिमका कारण सीमा नाका नखुल्दा च्यांग्र्राको मूल्य बढेको छ। काठमाडौंमा अहिले मकवानपुर, धादिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसी बोका आउन थालेको छ।

जिउँदो खसी–बोका ७ सयदेखि ८ सय रुपैयाँमा बिक्री भइरहेको व्यवसायीले बताएका छन्। काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि खसी–बोका बिक्री गर्दै आएको छ।

कम्पनीले शुक्रबारदेखि खसी–बोका बिक्री गर्ने जनाएको छ। यसबाहेक फूलपातीदेखि काठमाडौंको चोकमा किसान आफैँ आएर खसी–बोका बेच्ने गर्छन्।

काठमाडौंमा दशैँको बेला खसि बोकाको मासु ११ लाख किलो भन्दा खसि बोकाको मासु खपत हुने अनुमान गरिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?