
काठमाडौँ– केएल टावरले दसैँ–तिहारका लागि ‘रमाइलो दसैँ–तिहार’ हरेक साता उपहारै उपहार योजना सुरु गरेको छ। योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार पाउनेछन्।
केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैयाँ बराबरको सपिङ भौचरका साथै अन्य आकर्षक उपहार उपलब्ध गराइनेछ।
एक हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिद गर्दा साप्ताहिक रूपमा सिजी ब्रान्डका होम अप्लाइन्सेज, टिभी, फ्रिज, रेफ्रिजिरेटर, वासिङ मेसिन, आइरन, हिटर, भ्याकुम क्लिनरलगायत घरायसी सामग्री उपलब्ध गराइने टावर व्यवस्थापनले जनाएको छ।
बम्पर प्राइजमा एक जनालाई टिभिएस अपाचे आरटिआर १६० २ भि वितरण गरिने उपहार योजनाका संयोजक हीरामणी तिमिल्सिनाले बताए। चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यसाथ टावरले उपहार योजना सुरु गरेको उनले बताए। असोज १९ गतेदेखि सुरु भएको योजना कात्तिक ३० गतेसम्म लागू हुने तिमिल्सिनाले जानकारी दिए।
उपहार योजनामा सहभागी हुन कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ। हजार वा सोभन्दा बढीको सामान खरिद गरेपछि उपभोक्तालाई कुपन उपलब्ध गराइनेछ। सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ।
साथै, केएल टावरमा घटस्थापनादेखि सिनेमाहलसमेत खुलेका छन्। सिनेमा हल खुलेको र दसैँ लागिसकेका कारण केएल टावरमा अहिले सपिङ गर्नेहरूको चहलपहलसमेत बढेको छ। कोभिडका कारण लामो समयदेखि बन्दजस्तै अवस्थामा रहेका सपिङ मल दसैं नजिकिएसँगै विभिन्न अफरका साथ सञ्चालनमा आउन थालेका छन्।
टावरमा ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युव सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायत पसल सञ्चालनमा छन्।