
काठमाडौँ– एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले यसपालिको चाडपर्वलाई थप उमंगमय बनाउँदै विभिन्न योजना ल्याएको छ।
चाडपर्वको अवसरमा एनसेलले पे एज यू गो (पेजी) डेटा शुल्कलाई घटाई प्रतिएमबी रु १ बनाएको छ र यसका साथै ग्राहकले अब रु ५० वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनसस्वरुप ब्यालेन्स वा डेटा पाउन सक्नेछन्।
यो योजनासँगै एनसेलका ग्राहकले अब सुलभ दरमा कुनै पनि प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सक्छन्। ग्राहकले ५० प्रतिशत छुटमा कर बाहेक रु १ प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्छन्।
दसैं, तिहार र छठको अवसरमा ल्याइएको पेजीअन्तर्गत रु १ प्रति एमबी अफर बुधवार (असोज २०) देखि लागू भएको छ भने रिचार्जमा बोनस योजना शुक्रबार (असोज २३) देखि लागू हुनेछ। यो योजना ९० दिनका लागि मान्य रहनेछ।
रिचार्जमा बोनस योजनाअन्तर्गत ग्राहकले रिचार्ज गरेको रकमका आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्नेछन्। ५० देखि ९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ५ देखि १० प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५० एमबीदेखि २५० एमबीसम्म एक दिनको समयसिमा रहेको डेटा भोलुम प्राप्त गर्छन्।
त्यसैगरी, रु १०० देखि रु १९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले तीन दिनको समयसीमा रहेको ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा १५० एमबीदेखि ५०० एमबीसम्मको डेटा भोलुम प्राप्त गर्छन्। रु २०० वा सोभन्दा बढी रिचार्ज गर्ने ग्राहकले ५ दिनको समयावधि रहेको ५ देखि १५ प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५०० एमबीदेखि १५०० एमबीसम्म डेटा भोलुम पाउनेछन्।
डेटा प्याकमार्फत डेटा प्रयोग सबैभन्दा राम्रो विकल्प भए पनि पेएजयूगो अर्थात् पेजी शुल्कमा छुटले ग्राहकमाझ मेन ब्यालेन्सबाट पनि सुलभ दरमा डेटा सेवा सुनिश्चित गरेको छ। चाडपर्वको अफरअन्तर्गत पेजीमा छुट र रिचार्जमा बोनस योजनाले ग्राहकलाई ठूलो महत्व राख्ने र उनीहरूलाई आफ्ना परिवारजन, साथीभाइसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।
एनसेलले बुधवार (असोज २०) चाडपर्वकै अवसरमा ग्राहकले आफ्ना परिवारजन, साथीभाइ र आफन्तले मलेसिया, युनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक साता २१ वटा स्मार्टफोन जित्ने मौकासहितको आकर्षक योजना पनि ल्याएको घोषणा गरेको थियो।
यसका साथै विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक साता स्मार्टफोन पाउन सक्छन्। यो योजना बिहीबार (असोज २१) बाट पाँच हप्ता सञ्चालनमा रहनेछ।