दश बुँदे सहमतिलाई निर्जीव ढंगले नबुझ्न एमाले महासचिव ईश्वर पोखरेलको आग्रह

दश बुँदे सहमतिलाई निर्जीव ढंगले नबुझ्न एमाले महासचिव ईश्वर पोखरेलको आग्रह
+
-

काठमाडौँ – नेकपा एमाले महासचिव ईश्वर पोखरेलले दश बुँदे सहमतिलाई निर्जीव ढंगले नबुझ्न आग्रह गरेका छन्।

उनले दश बुँदे सहमतिलाई जीवन्त बनाउने र पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिने नेता, कार्यकर्तालाई समेटेर पार्टीलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारे।

पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित एक कार्यक्रममा उनले पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिएका क्रियाशील नेता, कार्यकर्तालाई समेटेर लैजाँदा मात्रै १० बुँदे सहमतिको जीवन्त कार्यान्वयन हुने दाबी गरे।

उनले भने, ‘दश बुँदे ठीक छ। त्यो सुझाव हो। त्यो सुझावलाई सिर्जनात्मक ढंगले लागू गर्ने। रचनात्मक ढंगले बुझ्ने। जहाँ जस्तो अवस्था छ, त्यसअनुसार लागू गर्ने। अब के गर्ने हो भने हिजो जो–जो साथीले के गर्नुभयो भन्नेबारे समीक्षा गरौंला। तर अहिले गर्ने एउटै कुरा हो–पार्टीको पक्षमा दृढतापूर्वक उभिएका, विभाजनको विपक्षमा उभिएका, क्रियाशील हुने सबै साथीलाई पार्टीमा समेट्दै लैजाने हो। दश बुँदेलाई निर्जीव ढंगले निमोठेर बुझ्नु हुँदैन। सिर्जनात्मक ढंगले बुझ्नुपर्‍ यो।’

महासचिव पोखरेलले आर्थिक समृद्धि र विकासमा सघाउ पु¥याउने गरी थिंक ट्यांकको भूमिका निर्वाह गर्न पनि पार्टीनिकट बुद्धिजीवीलाई आग्रह गरे। कार्यक्रममा एमालेका सचिव गोकर्ण विष्टले अध्यादेशको विरोध गर्ने माधव नेपालले सोही अध्यादेशको सहारा लिएर पार्टी विभाजन गरेको भन्दै आक्रोश व्यक्त गरे।

उनले भने, ‘दल विभाजन अध्यादशेको विरोध गर्ने कमरेड माधव नेपाल र झलनाथ खनाल आज ४० प्रतिशत होइन, उहाँहरूलाई जति प्रतिशत राख्दा पुग्छ, त्यही आधारमा २० प्रतिशत पुग्ने अध्यादेश ल्याएर छापामार शैलीमा दल विभाजन गर्नुभयो। जुन राजनीतिक, कानुनी, नैतिक कुनै हिसाबले पनि औचित्यपूर्ण हुन सक्दैन।’

सचिव विष्टले आफूहरूले माधव नेपाललाई पार्टी विभाजन गर्न कहिल्यै नभनेको पनि पटक–पटक दोहोर्‍याएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?