
काठमाडौँ – नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले आफूले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन्।
शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र प्राथमिकता छुट्याएर काम गर्ने बताइन्।
उनले भनिन्, ‘आइतबारदेखि ब्रिफिङ कार्यक्रम भएपछि के कस्तो, कति भएको छ, कति गर्नुपर्ने छ, आवश्यकता के छ, प्राथमिकताका रूपमा छुट्याउँछु र त्यसैअनुसार अगाडि बढाउँछु।’