सहमतिमै भएका सम्बन्ध पनि बलात्कार मानिने उमेर समूहका घटना नेपालमा कति?

सहमतिमै भएका सम्बन्ध पनि बलात्कार मानिने उमेर समूहका घटना नेपालमा कति?
+
-

काठमाडौं- मुलुकी अपराध (संहिता) ऐन २०७४ ले महिलाको मन्जुरी बेगर हुने शारिरिक सम्बन्ध बलात्कार हुने ब्याख्या गरेको छ। त्यसैगरी १८ वर्षभन्दा कम उमेरका सँग सहमतिमै यौन सम्बन्ध भएपनि त्यो बलात्कार हुने व्यवस्था ऐनमा छ।

प्रहरी तथ्यांकअनुसार नेपालमा १८ वर्षभन्दा कम उमेरका बालिकामाथि हुने बलात्कारको संख्या डरलाग्दो छ। पछिल्लो तीन वर्षमा (चालु आर्थिक वर्षबाहेक) मात्र ८ सय ७६ जना बलात्कारका पीडितको उमेर १० वर्षभन्दा कम छ। आर्थिक वर्ष २०७५/०७६ मा २ सय ९८, २०७६/०७७ मा २ सय ७३ र २०७७/०७८ मा १ बालकसहित ३ सय ६ जना बलात्कारका पीडितको उमेर १० वर्षभन्दा कम रहेको थियो।

पछिल्ला तीन वर्षमा (चालु आर्थिक वर्षबाहेक) २ हजार ७ सय ६ जना बलात्कारका पीडितको उमेर ११ देखि १६ वर्षबीच रहेको छ। आर्थिक वर्ष २०७५/०७६ मा ८ सय ८९, २०७६/०७७ मा ८ सय १ र २०७७/०७८ मा १ हजार १६ जना बलात्कारका पीडितको उमेर ११ वर्षदेखि १६ वर्ष रहेको छ।

यसैगरी १७ देखि १८ वर्ष उमेरका पीडितको संख्या पछिल्ला तीन वर्षमा (चालु आर्थिक वर्षबाहेक) ८ सय ९६ छ। आर्थिक वर्ष २०७५/०७६ मा २ सय ३३, २०७६/०७७ मा ३ सय १९ र २०७७/०७८ मा ३ सय ४४ पिडितको उमेर १० वर्षभन्दा कम रहेको थियो।

प्रहरी प्रधान कार्यालयका अनुसार बलात्कार सम्बन्धी आर्थिक वर्ष २०७५/०७६ मा २ हजार २ सय ३०, २०७६/०७७ मा २ हजार एक सय ४४ र २०७७/०७८ मा २ हजार ५ सय ३२ वटा मुद्धा दर्ता भएका थिए। आर्थिक वर्ष २०७५/०७६ मा एक हजार ४ सय २० बालिका(१८ वर्ष उमेरभन्दा कम) र ८ सय २४ महिला, २०७६/०७७ मा एक हजार ३ सय ९३ बालिका र ७ सय ७१ महिला तथा २०७७/०७८ मा  एक हजार ६ सय ६५ बालिका र ८ सय ८८ महिला बलात्कृत भएको तथ्यांक प्रहरीको छ।

कानुनले ‘करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरी’ र ‘होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरी’लाई मञ्जुरी मानिने छैन भनेको छ।

कानुनअनुसार दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार गरेमा जन्मकैद हुने व्यवस्था छ।

यसैगरि ‘गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि’ जवर्जस्ती करणी हुने ब्याख्या मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २ सय १९ मा छ।

कम छैनन् १८ वर्षभन्दा कम उमेरका आरोपी 

प्रहरी तथ्यांकअनुसार पछिल्ला तीन वर्षमा (चालु आर्थिक वर्षबाहेक) बलात्कारका आरोपीमध्ये १० वर्षभन्दा कम उमेरकाको संख्या १७ रहेको छ।

यसैगरि ११ देखि १६ वर्ष उमेरका आरोपी ५ सय २१ जना रहेका छन्। यसैगरी १७ देखि १८ वर्ष उमेरका आरोपीको संख्या ४ सय ४६ रहेको छ। आर्थिक वर्ष २०७५/०७६ मा ३ सय २८ बालक, २ जना महिला र २हजार २ सय २७ पुरुषमाथि बलात्कारको आरोप लागेको थियो।

२०७६/0०७७ मा ३ सय ५ बालक, ३ महिला र २ हजार एक सय ३४ पुरुषमाथि बलात्कारको आरोप लागेको थियो। २०७७/०७८ मा बलात्कारको आरोप लागेका बालक ३ सय ४७, बालिका ४, महिला ६ र पुरुष २ हजार ४ सय ५७ जना रहेका थिए।

कानुनअनुसार दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार गरेमा जन्मकैद हुने व्यवस्था छ।

दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे अठार वर्षदखि बीस वर्षसम्म कैद, चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे बाह्र वर्षदेखि चौध वर्षसम्म कैद तथा सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिलालाई बलात्कार गरे दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने व्यवस्था छ

यसैगरी अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिलालाई बलात्कार गरे सात वर्षदेखि दश वर्षसम्म कैद हुने व्यवस्था मुलुकी अपराध (संहिता) ऐन २०७४ मा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?