
काठमाडौँ – कुमारी बैंक लिमिटेड र खुसिबू, काठमाडौंस्थित रोडियो क्याफ एन्ड बार प्राइभेट लिमिटेडबीच आफ्ना ग्राहकलाई सेवामा कुमारी बैंकका डेबिट–क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र रोडियो क्याफे एन्ड बार प्राइभेट लिमिटेडका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका हुन्।
सो सम्झौताबमोजिम कुमारी बैंकका ग्राहकले खुसिबुस्थित रोडियो क्याफे एन्ड बार प्राइभेट लिमिटेडका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३३ शाखारहित बैंकिङ इकाइ तथा १४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएकोे र आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।