बाढी–पहिरो पीडित किसानद्वारा राहत र पुनःस्थापनाको माग

बाढी–पहिरो पीडित किसानद्वारा राहत र पुनःस्थापनाको माग
+
-

काठमाडौँ – बाढी–पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानले प्रदेश सरकारसमक्ष राहत र पुनःस्थापनाको माग गरेका छन्।

सुदूरपश्चिम प्रदेशका कृषक संगठनले बाढी–पहिरो पीडित किसानका लागि तत्काल राहत र पुनःस्थापनाका कार्यक्रम घोषणा गर्न माग गरेका छन्।

आइतबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राहत र क्षतिपूर्तिको माग गरिएको हो।

ज्ञापनपत्र बुझाउँदै कृषक संगठनले कृषि संकटग्रस्त क्षेत्र घोषणा, प्राकृतिक विपत्तिबाट प्रभावित घरधुरीको यथार्थ तथ्यांक संकलन, क्षतिपूर्ति तथा किसानलाई तत्काल उचित राहत, घाइतेको स्वास्थ्योपचार तथा बसोबास गुमाएकाहरूलाई उचित बसोवासको व्यवस्था, कृषि पेसा सुरक्षाका लागि बाली र पशुधन बिमा कार्यक्रम प्रभावकारी बनाउन माग गरेका छन्।

ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाशबहादुर थापाले बाढी–पहिरोपीडित किसानका लागि तत्काल प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने बताए।

ज्ञापनपत्र बुझ्दै मन्त्री विनिता चौधरीले तथ्यांक संकलन गरिरहेको र तथ्यांक आइसकेपछि किसानका लागि राहत प्याकेज र हिउँदे बालीका लागि अनुदानमा बिउविजन तथा मलखाद उपलब्ध गराउने बताइन्।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, खाद्य अधिकार सञ्जाल, केरा उत्पादन तथा प्रवद्र्धन जिल्ला सहकारी कञ्चनपुर, मुख्यमन्त्री नमुना कृषि गाउँ(केरा) कृषक समन्वय समिति कञ्चनपुर, गैसस महासंघ नेपाल, भूमिअधिकार मञ्च कैलालीलगायत कृषि संघ संगठनले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका थिए।

असोज ३१ गतेदेखि निरन्तर परेको वर्षाले कैलाली र कञ्चपुरमा मात्रै ३ अर्ब रुपैयाँ बराबरको धानबालीमा क्षति गरेको जनाइएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?