बाढीमा धान गुमाएका किसानलाई उपत्यकाका किसानकाे सान्त्वना- सुन्दा दु:ख लागेकाे छ

बाढीमा धान गुमाएका किसानलाई उपत्यकाका किसानकाे सान्त्वना- सुन्दा दु:ख लागेकाे छ
+
-

ललितपुर बुङ्मतीकी मीना शाक्य बिहान सबेरै खेतमा पुगिसकेकी थिइन्। बोकेर ल्याएको डोको खेतको छेउमा राखिन्। डोकोबाट हँसिया झिकिन् र धान काट्न सुरु गरिन्। उनले धानको मेलो अलिकति सकिसक्दा घाम केही माथि आइपुगेको थियो। १० बजिसकेको थियो।

मीना शाक्य।

धान काटेर बिटो मिलाउन उठ्दा उनका आँखा बेलाबेलामा खेतमाथिको बाटोमा गइरहन्थे। उनी पर्खिरहेकी थिइन् धान काट्न बोलाएका खेतालाको। उनका श्रीमान खेताला लिन गएका थिए।

उनलाई थाहा भएदेखि उनी खेतमा काम गरिरहेका छिन्। काट्नको लागि हातले धानको मुठो बनाउँदै उनले भनिन्, ‘हजुरबुवा, बुवाहरुसँग खेतमा आउँथे।’

‘सबै पढे लेखेका छन्, अब त सबै जागिर गर्छन्’, उनले भनिन् ‘खेतमा कसले काम गर्ने?’

‘सानैदेखि यहीँ काम गरे अरु जानिन के गर्नु?’ हातको बिटो भुइमा राख्दै उनले भनिन्, ‘काममा व्यस्त पनि भइन्छ घरमा खानको लागि धानपनि आउँछ।’

यो बालीले उनको घरमा चामलको अभाव हुँदैन। बचेको उनले बेच्ने गरेकी छिन्। टाइचिन चामल चिउराको लागि पनि धेरैको प्यारो छ।

‘अस्तिको पानिसँगै असिना पर्छ कि भन्ने डर लागको थियो’, माथिको बाटोमा नजर पुर्‍याउँदै उनले भनिन्, ‘धन्न परेन, असिनाले केही राख्दैन। सबै झारिदिन्छ।’

उनले सुनेकी छिन्, मोबाइलमा भिडियो हेरेकी थिइन्- तराईमा पानीले धान बाली डुबाएको, क्षति गरेको। उनले भनिन्, ‘दुःख लाग्यो। के गर्नु, किसानलाई दुःख छन्।’

केहीबेरमा सेतो जिप माथिको बाटोमा अडियो। उत्साहित हुँदै मीनाले भनिन्, ‘ऊ आउनु भयो।’

‘एक्लै काट्न सकिदैन । धेरै समय लाग्छ’, उनले भनिन्, ‘पर्मा(आलो–पालो खेताला लाग्ने परम्परा) परम्परा हरायो, सबै व्यस्त हुन्छन् खेताला नलगाई सुखै छैन।’

१२ जना महिला र पुरुषको लस्कर ढलानको बाटो हुँदै ओरालो लागे। समूहमा मीनाका श्रीमान राम मुनी शाक्य पनि थिए। उनीहरु सबै गोदावरी नगरपालिकाको ढोकछापबाट आएका थिए।

ढोकछापकी निर्मला दुनुवारले चोलीको तुना कसिन् । सल कम्मरमा बाँधिन् । उनी मीनाले सुरु गरेको मेलोमा मिसिइन् । उनीसँगै आएका अरु पनि झोलामा ल्याएको हँसिया निकालेर मेलोमा मिसिए ।

निर्मला दुनुवार।

केही अलि तलको अर्को गरामा धान काट्न लागे। मीनालाई आजै सकाउनु थियो धान काट्ने काम । उनले भनिन्- के थाहा फेरि पानी पर्छ कि?

मीनाको खेतको सीमानामा छ बुङ्मतीकै रामचन्द्र महर्जनको खेत । उनी खेतमा मीना भन्दा सबेरै आएका थिए र उनका खेताला पनि । उनको टोलीले धान काटेर सकिसकेको थियो ।

कोही मेसिनमा धान दाउँदै थिए। कोही केलाउँदै। महर्जन भने परालाको कुनियो बनाउँदै थिए। पराल मिलाउँदै उनले भने– ‘यसपटक धान धेरै पर्छ । चाहिने बेला पानी परेको छ ।’

रामचन्द्र महर्जनको खेत। ढाका टाेपी लगाएका।

मनसुन सकिएपछि केही दिनअघि परेको पानीले उनको बाली बिगारेको छैन । ‘भिरालो जमिनका कारण यहाँ पानी जम्दैन, बगेर जान्छ,’ उनले भने, ‘त्यसैले यहाँ केही भएको छैन।’

‘मैले सुनेको तराईमा किसानको धेरै नोक्सानी भयो रे ! सुनेर दुःख लाग्यो’, परालको बिटो अँगालोमा हाल्दै उनले भने।

‘यो टाइचिन धान हो। सुगर भएकाले खानु हुँदैन रे!’ उनले भने, ‘मैले त खाँदैन तर परिवारमा अरुले खान्छन् । खाने मात्र हैन बेच्न पनि पुग्छ ।’

मीना शाक्यको टोलीले माथिल्लो गराको धान लगभग काटिसकेका थिए । गरामा पाल राख्ने जति ठाउँ खाली भयो । उनीहरुले पाल बिछ्याए ।

गाडीमा हालेर ल्याएको मेसिन पालमाथि तयार भयो धान दाउनको लागि । कोहीले धान काटिरहे कोहिले मेसिनमा धान दाउन सुरु गरे ।

उपत्यकाका किसानलाई यतिबेला धानबाली भित्राउन भ्याइनभ्याइ छ । ललितपुर खोकना र बुङ्मतीका पाखा धान पाकेर पहेँलै छन् । पाखामा धान भित्राउने किसानको चटारो देख्न सकिन्छ । कोहीले बालि भित्राइसकेका छन् । कोही धान काट्दै छन् । उपत्यकाका अधिकांश क्षेत्रमा खेतिपातीको परम्परा हराएपनि उपत्यका छेउछाउका बस्तीमा यही नै धेरै परिवारको दैनिकी छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?