उठ्दै छ पुनहिलको पर्यटन व्यवसाय

उठ्दै छ पुनहिलको पर्यटन व्यवसाय
+
-

माग्दी (पुनहिल) – कोरोना भाइरसको महामारीले थलिएको पर्यटन व्यवसाय विस्तार उठ्ने क्रममा छ। अन्नपूर्ण पदमार्गभित्रको म्याग्दीको पुनहिल क्षेत्रको जनजीविका पर्यटन र यससँग जोडिएका व्यवसायमा निर्भर रहँदै आएकोमा कोरोना भाइरसको महामारीले गम्भीर असर पारेको थियो। तर संक्रमण विस्तारै कम भएसँगै यो क्षेत्रमा पर्यटकको आगमन बढ्दो क्रममा देखिएको छ। स्थानीय व्यवसायीहरुका अनुसार विशेषगरी दसैँको आसपासदेखि पर्यटक आउने क्रम बढ्न थालेको हो। स्वदेशी र विदेशी पयर्टक पुग्ने गरेको पुनहिल क्षेत्रमा अहिले भने अधिकांश रुपमा आन्तरिक पर्यटक छन्।

घोरेपानी होटल व्यवसायी रासबहादुर पुनका अनुसार पछिल्लो समय पर्यटकहरुको संख्या केही बढेको भए पनि कोरोना भाइरसको महामारी पूर्वको अवस्था जस्तो भने छैन। उनले भने, ‘पहिला त घोरेपानी हुँदै माथि पुनहिल पुग्ने पर्यटकको संख्या दैनिक पाँच सयभन्दा बढी हुन्थ्यो। अहिले एकदेखि डेढसय जनासम्म हुन्छन्।’

हिमाली दृश्य, उच्च पहाडी भूभागका साथै सूर्योदय र सूर्यास्तका रमणीय दृश्य देख्न सकिने पुनहिल क्षेत्र पर्यटकहरुको प्रमुख रोजाइको केन्द्रमा पर्छ। समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको पदयात्रा रमणीय हुने गरेको यात्रीले बताउने गरेका छन्। पुनहिलबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्रे«, मनास्लुलगायत झण्डै दुई दर्जन हिमशृङ्खला देख्न सकिन्छ।

घोरेपानीबाट झण्डै एक घण्टाको पैदलयात्रामा पुगिने पुनहिलबाट देखिएको मनोरम दृश्य देश सञ्चारका प्रभात खनालले केही तस्बिरमा समेट्ने प्रयास गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?