भेट्रान फुटबलअन्तर्गत त्रिभुवन आर्मी र एनआरटी विजयी

भेट्रान फुटबलअन्तर्गत त्रिभुवन आर्मी र एनआरटी विजयी
+
-

काठमाडौँ – राजधानीमा जारी भेट्रान फुटबलअन्तर्गत बुधबार भएका खेलमा विभागीय भेट्रान टोली त्रिभुवन आर्मीले लगातार दोस्रो जित र न्युरोड टिम (एनआरटी) ले जित निकालेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा एनआरटीले विआर ब्रदर्शलाई १–० ले पराजित गर्दा आर्मीले फर्पिङमाथि ४–१ को सहज जित निकालेको हो।

एनआरटीलाई जित दिलाउन नरेन्द्रमान श्रेष्ठ थापाले गरेको गोल निर्णायक बन्यो। ४७औं मिनेटमा नरेन्द्रले गोल गर्दै टोलीलाई सुखद नतिजा दिलाएका हुन्।

प्रतियोगिताअन्तर्गत बुधबारै भएको पहिलो दिनको खेलमा विभागको टोली त्रिभुवन आर्मीले फर्पिङ स्पोट्र्स क्लबलाई ४–१ गोल अन्तरले पराजित जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो।

यस जितसँगै आर्मीले दोस्रो चरणमा स्थान बनाएको छ। आर्मीले २ खेलबाट स्पष्ट अंक जोडेर समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो।

फर्पिङमाथि सहज जित दिलाउन आर्मीका राजु तामाङले दुई गोल गरे। यस्तै, विकर्ण श्रेष्ठ र नवीन न्यौपानेले एक–एक गोल गरे। फर्पिङका नीरज श्रेष्ठले एक गोल फर्काए।

यसअघि भएको पहिलो खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ गोल अन्तरले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो। प्रतियोगितामा भोलि चार खेल हुनेछन्।

पहिलो खेलका साइनिङ सन फुटबल एकेडेमी र खुमलटार, दोस्रो खेल झापा फुटबल र काभ्रे भेट्रान, तेस्रो खेल बुटवल नगरपालिका र चितवन भेट्रान तथा पोखरा ११ भेट्रान र झम्सीखेल भेट्रानबीच खेल हुनेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?