गैंडाकोटको जितमा ऋतु तामाङले गरिन् निर्णायक गोल

गैंडाकोटको जितमा ऋतु तामाङले गरिन् निर्णायक गोल
+
-

काठमाडौँ – गैंडाकोट नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गर्दा कैलालीको गोदावरी नगरपालिकाले पनि जित निकालेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा हेटौंडा उपमहानगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै गैंडाकोटले सुखद सुरुआत गरेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा गैंडाकोटले रोमाञ्चक जित निकाल्दै स्पष्ट अंक जोडेको हो। गैंडाकोटको जितमा ऋतु तामाङले निर्णायक गोल गरिन्।

जितसँगै समूह एफको गैंडाकोटले महत्वपूर्ण ३ अंक जोडेको छ। जितपछि नकआउट चरणमा पुग्ने सम्भावना बलियो भएको छ।

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताअन्तर्गत कैलालीको गोदावरी नगरपालिकाले पोखरा महानगरपालिकामाथि भने आधा दर्जन गोल गरेको हो।

समूह ‘जी’ अन्तर्गतको खेलमा गोदावरीले एन्फा कम्प्लेक्समा सातदोबाटोमा पोखरालाई ६–० ले पराजित गरेको हो।
गोदावरीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन्।

यसैगरी, विमला चौधरीले दुई र हिमा चौधरीले एक गोल गरे। खेलको प्लेअर अफ दि म्याच शर्मिला थापा चुनिइन्।

प्रतियोगितामा भोलि दुई खेल मात्र हुनेछन् । पहिलो खेल बराहक्षेत्र नगरपालिका र वेदकोट नगरपालिका तथा दोस्रो खेल धरान एसएमसी र सुनकोसी नगरपालिकाबीच प्रतिस्पर्धा हुने तालिका छ। प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ। प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?