नियुफमा सघाउनेहरु सम्मानित

नियुफमा सघाउनेहरु सम्मानित
+
-

काठमाडौँ – नेपालस्थित युरोपियन युनियनले युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) २०२१ लाई सफल बनाउन योगदान दिने नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ।

बुधबार आयोजित एक कार्यक्रमबीच फेस्टिभलका जुरी मेम्बर, स्टियरिङ कमिटीका सदस्य, फेस्टिभलअन्तर्गतका प्यानल डिस्कसन तथा मास्टरक्लासका प्यानलिस्ट एवं वक्तालाई सम्मान गरिएको हो।

फेस्टिभलमा छनोट भएका नेपाली चलचित्र बुलबुल, आमा कान्डो, सरिता, सहायक– श्रीमान् र स्पलिट इन्डस्ट्रीलाई समेत प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

यसका साथै लैंगिक समानता विषयमा भएको सर्ट फिल्म कम्पिटिसनका विजेता चलचित्रलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो।

फिल्म फेस्टिभललाई सफल बनाउन योगदान गरेकामा नेपालका लागि युरोपियन युनियनकी राजदूत महामहिम नोना डेप्रेले सबैप्रति आभार व्यक्त गरेकी थिइन्।

यसका साथै आगामी दिनमा पनि सहकार्य जारी रहने आशा व्यक्त गरिन्। महामहिम डेप्रेले सबैलाई सम्मानपत्रका साथै ब्लडी मिल्क नामक चलचित्रको ब्लुरे पनि प्रदान गरेकी थिइन्।

सम्मानित हुनेमा फेस्टिभलका ब्रान्ड एम्बेस्डर अभिनेता दयाहाङ राई, अतिथि वक्ता आकाश अधिकारी, जुरी मेम्बर दीपा बस्नेत र सामीप्यराज तिमल्सिना, स्टियरिङ कमिटीका सदस्य सुनिता बडे, यादवकुमार भट्टराई, पाण्डव केसी, चिरञ्जीवी गुरागाईं र सुजित बिडारी छन्।

त्यस्तै, प्यानलिस्टतर्फ शेखर खरेल, सम्पदा मल्ल र रमयता लिम्बू थिए। फेस्टिभलमा छनोट भएको फिल्म समीक्षा गर्ने दुईजना पत्रकारलाई पनि सम्मान गरिएको थियो।

सम्मानित हुनेमा द राईजिङ नेपालकी पत्रकार रेणुका ढकाल र सेतोपाटीका प्रभाकर गौतम थिए भने लैंगिक समानता विषयमा भएको सर्ट फिल्म कम्पिटिसनको विजेता चलचित्र अन्ब्लुम्ड् फ्यावरलाई पनि प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। प्रमाणपत्रका साथै विजेता चलचित्रले ५ सय युरो नगद पनि प्राप्त गरेको छ।

युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) २०२१ को दशौं संस्करण असोज १ देखि ९ गतेसम्म भर्चुअली आयोजना गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?