दोहोरीको राजा सार्वजनिक

दोहोरीको राजा सार्वजनिक
+
-

काठमाडौँ – पछिल्लो समय फरक–फरक विषयवस्तुलाई लिएर गीत–संगीत प्रस्तुत गरिँदै आएको छ।

त्यस्तैमध्ये मौलिकता झल्काउने गीत हो दोहोरीको राजा जसमा पहिले–पहिले दरबारभित्र हुने लोक संस्कृतिको झल्को दर्शाइएको छ।

गीतमा राजाले पारिवारिक मनोरञ्जनका लागि गराइने गीत–संगीतको विषयसमेत प्रस्तुत गरिएको छ।

राजाले विभिन्न ठाउँका राजालाई बोलाई पहिले–पहिले यसरी नै सांस्कृतिक मञ्चन गराउने गरिन्थ्यो। त्यही शैलीलाई यस गीतमा देखाइदिएको छ।

जसमा राजाले आफ्नो चेलीका लागि वर खोज्न यस्तै मञ्चनमा प्रतिस्पर्धा माध्यम चलाउने गरेका थिए। जुन पुरानै दरबार शैलीको कुरालाई यस गीतमा राम्रोसँग प्रस्तुत गरेको पाइन्छ।

सोही गीतमा जुहारी जित्नेलाई आफ्नो चेली दिने र हारेमा घरज्वाइँ बस्नुपर्ने सर्त राख्छन्। सोही सर्त कसैलाई मञ्जुर नभएपछि उनले त्यो गीत सभा नै समापन गर्ने भन्छन्।

त्यत्तिकैमा अर्को ठाउँको राजा आएर उनको सर्तअनुसार जुहारी खेली चेली लान तयार भएको देख्न सकिन्छ। गीतमा अञ्जलि अधिकारी, लोमुस शर्मा, सुरवीर पण्डित, शीतल शर्मा, आसिम शर्मा, नकुल ढकाल, शोभा ढकाललगायतको अभिनय रहेको गीतमा गायक पशुपति शर्मा र लक्ष्मी मल्लको स्वर छ।

गीतमा सन्तोष राजवाहक कोरियोग्राफर छन् भने उत्सव दाहालले छायांकन गरेका छन्। उक्त गीतमा निशान कश्यपको सम्पादन र निर्देशन छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?