‘प्रधानन्यायाधीशमाथि प्रश्न उठ्नुमा अहिलेको सरकार पनि जिम्मेवार छ’

‘प्रधानन्यायाधीशमाथि प्रश्न उठ्नुमा अहिलेको सरकार पनि जिम्मेवार छ’
+
-

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद सुजिता शाक्यले अहिल्को सरकार अवैधानिक तरिकाले बनेको बताएकी छन्।

प्रतिनिधिसभाको बैठकपछि बिहीवार सञ्चारकर्मीसँग सांसद शाक्यले अहिलेको सरकार नै अवैधानिक रहेको बताइन्। प्रधानन्यायाधीशमाथि प्रश्न उठ्नुमा अहिलेको सरकार पनि जिम्मेवार रहेको उनको भनाइ छ।

उनले भनिन्, ‘अहिलेको सरकार नै अवैधानिक थियो, यसमा सरकारको जो नेतृत्व छ, नेतृत्व पनि जिम्मेवार छ, न्यायालय त जिम्मेवार हुने नै भयो, दुईवटै पक्षबाट गल्ती भएको छ, नैतिकताका आधारमा राजीनामा दिनुपर्छ।’

नेकपा एमालेका सांसद झपट रावलले अदालतको बेथितिलाई कानुनसम्मत निकास दिनुपर्ने बताए। उनले न्यायालयले नै न्याय खोज्नु बिडम्बना भएको बताए।

उनले भने, ‘बेथिति रोक्न कानुनले भनेअनुसार चल्नुपर्छ, न्यायालयले नै न्याय खोज्नु जस्तो विडम्बना अरू केही हुन सक्दैन, न्यायपालिकाबाटै अराजकता देखिन मुलुक कता जाँदै छ भन्ने भान गराउँछ, संसद्ले छानबिन समिति बनाएर यसलाई निकास दिनुपर्छ।’

नेकपा (एमाले)का अर्का सांसद महेश बस्नेतले व्यक्तिगत ढंगले नभई प्रवृत्ति र नीतिगत ढंगले न्यायपालिका सुधार गर्नुपर्ने बताए।

प्रधानन्यायाधीशको राजीनामा मागेर मात्रै समस्या समाधान नहुने उनको भनाइ छ।

उनले भने, ‘यसलाई व्यक्तिगत भन्दा पनि नीतिगत र प्रवृत्तिगत तरिकाले अघि बढ्नुपर्छ, प्रधानन्यायाधीशको राजीनामा मागेर मात्रै समस्याको समाधान हुन सक्दैन, विकृति, विसंगतिको हल गर्नुपर्छ, प्रधानन्यायाधीशले मन्त्रालय, राजदूत, पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवसमेतको भाग खोज्नु लाजमर्दो हो।’

उनले न्यायपालिकालाई सदृढ बनाउन प्रधानमन्त्रीको पहलमा सर्वदलीय बैठक बसेर यसको निकास दिनुपर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?