प्रचण्डले दिए ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा

प्रचण्डले दिए ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा
+
-

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन्।

शुक्रबार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका हुन्।

उनले ओली प्रवृत्ति नेपाल र नेपाली जनताका लागि घातक हो भन्ने स्थापित भएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको बताए।

अध्यक्ष दाहालले ओली बालुवाटारबाट बालकोट जानु भनेको ठूलो पराजय भएको बताए।

अध्यक्ष दाहालले मातम (शोक) छाएको नदेखाउनका लागि नै मलामी जाँदा बाजा बजाएर नाच्दै गाउँदै गएको आरोप लगाए। उनले ओली प्रवृत्तिलाई मलामी जाँदा हाँस्ने प्रवृत्ति भएको तर्क गरे।

अध्यक्ष दाहालले भने, ‘ओली प्रवृत्ति भनेको एउटा निरंकुश, एकाधिकार, प्रतिगमनकारी प्रवृत्ति हो, नेपाल राष्ट्र र नेपाली जनताका निम्ति घातक प्रवृत्ति हो भन्ने कुरा स्थापित भयो, स्थापित भएपछि ओली बालुवाटारबाट बालकोट जानुपर्ने बाध्यता आइलाग्यो तर विचित्रको प्रवृत्ति भएको हुनाले बालुवाटारबाट बालकोट जानु वास्तवमा ठूलो पराजय हो, मातम छाएको हो, त्यो नदेखाउन, बाजा बजाएर मलामी जाँदा नाच्दै गाउँदै गए, कोही मान्छे मलामी जाँदा नाच्छ गाउँछ भने त्यो ओली हो।’

अध्यक्ष दाहालले राजनीतिलाई स्थिरता दिनुपर्ने बेला ओली प्रवृत्तिले त्यो हुन नदिएको बताए।

समाज र देश विकासका लागि वाम गठबन्धन भए पनि त्यसअनुसार काम हुन नसकेको बताउँदै अध्यक्ष दाहालले भने, ‘देशको राजनीति विशिष्ट अवस्थामा छ, मैले चितवन जिल्लाबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै गर्दा र पार्टीको तर्फबाट यहाँको जनतालाई सम्बोधन गर्दै गर्दा, सकारात्मक परिस्थिति थियो, संविधान बनिसकेपछि, राजनीतिक अस्थिरतालाई हटाउन, समाज र विकासको उद्देश्यसाथ वाम गठबन्धनबाट निर्वाचन लडिएको थियो, कम्युनिस्टलाई एकताबद्ध गर्ने उद्देश्य राखिएको थियो, त्यसले चितवन जिल्ला र देशभर सम्पूर्ण वामपन्थी र जनवादी शक्तिमा जनताले एउटा ठूलो ऊर्जा जनताबाट प्राप्त भएको थियो।’

अध्यक्ष दाहालले राजनीतिक अस्थिरता देशले थेग्न सक्दैन भनेर स्थिरताको प्रस्ताव गर्दा ओली प्रवृत्तिले सफल बनाउन नदिएको आरोप लगाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?