साधना लघुवित्तले २६.३२ प्रतिशत लाभांश वितरण गर्ने

साधना लघुवित्तले २६.३२ प्रतिशत लाभांश वितरण गर्ने
+
-

काठमाडौँ– साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा गोरखामा सम्पन्न भएको छ।

उक्त साधारण सभाले ०७७।७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थापक समूहबाट आगामी चार वर्षे कार्यकालका लागि कृष्णबहादुर थापा, डा.नरहरि ढकाल, रमेश सापकोटा र अर्जुनकुमार सिंहलाई सञ्चालकको रूपमा निर्विरोध निर्वाचित गरेको छ।

साधारण सभापछि बसेको सञ्चालक समितिको बैठकले कृष्णबहादुर थापाको अध्यक्षतामा सञ्चालक समिति पुनर्गठन गरिएको हो।

साथै, ०७८।७९ को बाह्य लेखा परीक्षण कार्यका लागि लेखा परीक्षक एसडी एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने, भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ती–सहमतिसम्बन्धी उपयुक्त प्रस्ताव आए सो कार्यका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न, सहमति पत्रमा हस्ताक्षर गर्न, सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिन, सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरीक्षक नियुक्त गर्न र निजको पारिश्रमिक निर्धारण गर्न र अन्य वित्तीय संस्थाको शाखा खरिद तथा प्राप्ति गर्नेलगायत कार्यसँग सम्बन्धित आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावसमेत पारित गरेको छ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नोबेल कोरोना भाइरसका कारण वित्तीय कार्यक्रम सञ्चालनमा असहज भए पनि लगानीकर्तालाई राम्रो प्रतिफल दिन सफल भएको र आगामी दिनमा समेत लगानीकर्तालाई उत्कृष्ट प्रतिफल दिन, कार्यक्रमको गुणस्तर वृद्धिमा लागिपर्ने बताए।

हाल वित्तीय संस्थाको ९३ बटा शाखा कार्यालयमार्फत ८० हजारभन्दा धेरै घरपरिवारलाई प्रत्यक्ष वित्तीय सेवा प्रवाह गरिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?