पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि निर्णय खारेजको माग गर्दै विरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि निर्णय खारेजको माग गर्दै विरोध प्रदर्शन
+
-

काठमाडौँ – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ।

टेकुस्थित नेपाल आयल निगमको कार्यालयअगाडि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेजको माग गर्दै अखिल क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा वैद्यनिकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताए।

उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीलाई मोसो दल्न पछि नपर्ने चेतावनी दिए।

अध्यक्ष गजुरेलले नेपाल सरकार नेपाली जनताप्रति जवाफदेही नभएको आरोप लगाउँदै सरकारले जनताको पसिना लुटेर स्वार्थपूर्तिका लागि काम गरेको र सत्ता टिकाउन केन्द्रित भएको बताए।

अध्यक्ष गजुरेलले भने, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ, खाना पकाउने एलपी ग्यासको मूल्य १५ सय बनाएको छ, पेट्रोलको मूल्य १३३, डिजेल मट्टीतेलको ११६ रुपैयाँ र हवाई इन्धनको मूल्य आन्तरिक बाह्यमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ, यसको हामी घोर भत्र्सना र निन्दा गर्दछौँ, नेपाल सरकार नेपाली जनताका लागि जवाफदेही भएन, सरकारले लुटतन्त्र मच्चायो, स्वार्थपूर्तिका लागि र सत्ता टिकाउनका लागि मात्रै काम गरिरहेको छ, अविलम्ब पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिन अपिल गर्दछु।’

अध्यक्ष गजुरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय सरकारले तत्काल फिर्ता नलिए नेकपा माओवादी क्रान्तिकारी र अखिल क्रान्तिकारीले आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिए।

नेपाल आयल निगमले शुक्रबार राति प्रतिलिटर ३ रुपैयाँका दरले पेट्रोलको मूल्यवृद्धि गरेको थियो। त्यसैको विरोधमा ६ विद्यार्थी संगठनले निर्णय फिर्ता नलिए देशभर आन्दोलन गर्ने घोषणा गरेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?