काठमाडौँमा जनगणना तालिम कात्तिक १७ गतेसम्म सञ्चालन हुने

काठमाडौँमा जनगणना तालिम कात्तिक १७ गतेसम्म सञ्चालन हुने
+
-

काठमाडौँ – राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ। जिल्ला जनगणना कार्यालयको नेतृत्वमा सबै स्थानीय तहमा एकसाथ राष्ट्रिय जनगणना सुरु गरिएको हो।

शनिबारदेखि भने देशभर मुख्य गणनाका लागि गणकको तालिक सुरु गरिएको जिल्ला जनगणना कार्यालय, काठमाडौंका सहायक जिल्ला जनगणना अधिकारी बलराम दुलालले जानकारी दिए।

यो तालिम कात्तिक १७ गतेसम्म हुनेछ। काठमाडौं जिल्लाबाहेकका अन्य जिल्लामा भने कात्तिक १६ गतेसम्म मात्रै गणकको तालिमको व्यवस्था गरिएको काठमाडौंका सहायक जिल्ला जनगणना अधिकारी दुलालले बताए।

केन्द्रीय तथ्यांक विभागले कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मुख्य गणनाको काम सुरु गर्दै छ। सोही गणनाका लागि गणकको तालिम सुरु गरिएको काठमाडौं जिल्ला जनगणना अधिकारी धर्मरत्न बज्राचार्यले बताए।

मुख्य जनगणनाका लागि काठमाडौंमा ३ वटा स्थानमा ४५७ जना गणक सो तालिममा सहभागी भएका छन्।

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनामा सहभागी हुन केन्द्रीय तथ्यांक विभागले सबैलाई आह्वान गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?