‘सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ’

‘सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ’
+
-

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले दसैँ, तिहार, छठ तथा नेपाल सम्वत् ११४२ को अवसरमा सोमबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले वर्तमान सत्तारुढ गठबन्धन तोड्न अनेकौँ षडयन्त्र भइरहेको बताए।

गठबन्धनलाई भत्काएर प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत भएको उनले बताए। गठबन्धनभित्र वैचारिक र राजनीतिक रूपले कमजोर पात्रलाई प्रयोग गर्नका लागि खोजी भइरहेको उनले जिकिर गरे।

वैदेशिक शक्ति गठबन्धन कमजोर पार्ने उपायको खोजीमा लागिरहेको उनको भनाइ छ।

उनले भने, ‘षड्यन्त्र सकियो, अब हामी पूरै विजयी भइसक्यौँ भन्न सक्ने स्थिति अझै पनि छैन। यो गठबन्धन तोड्न अनेक षड्यन्त्र र हथकण्डा अपनाइराखिएकै छ।’

प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत चलिरहेको उनले बताए।

‘गठबन्धनभित्र अलिअलि कमजोर को छ वैचारिक, राजनीतिक रुपले या अन्य राजनीतिक स्वार्थका हिसाबले त्यसको खोजी भइराख्या’छ। यहाँभित्र अर्को त्यस्तो निरंकुश प्रवृत्तिको कोही मान्छे भेटिन्छ कि र त्यसलाई प्रयोग गर्न सकिन्छ कि भन्ने कसरत भइराख्या’छ, उनले भने, वैदेशिक प्रतिक्रियावादीको त्यो पक्ष जसले नेपालको यो परिवर्तनलाई रुचाएको छैन। यो संविधानलाई रुचाएको छैन। ती शक्ति पनि कहीँ न कहीँ यो गठबन्धन कमजोर पार्ने उपायको खोजीमा छन्। त्यसकारण कर्मचारी साथीहरू तपाईं–हामी सबैले अहिले पनि आँखा खुल्लै राख्नुपर्ने, कान खुल्लै राख्नुपर्ने, कहाँ कतिबेला कसले के गर्छ भन्ने कुरालाई हेक्का राख्नै पर्ने स्थिति छ।’

अध्यक्ष प्रचण्डले तिनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छ कि भनेर छलफल चलिरहेको बताए। तिनै तहको चुनाव एकैपटक गर्न सके चलखेल र षड्यन्त्र हुन नपाउने भन्दै उनले राज्यलाई आर्थिक बोझ पनि कम हुने बताए।

उनले पहिले संघको निर्वाचन गराएर मात्रै स्थानीय तहको निर्वाचन गर्ने विचार पनि छलफलमा आएको जानकारी दिए।

उनले भने, ‘सकियो भने सबभन्दा राम्रो राज्यलाई कम भार पर्ने, जनतालाई कम दुःख हुने भनेको तीनै तहको निर्वाचन एकैचोटि गर्ने। प्रदेशअनुसार चरण–चरण गरेर गर्ने तीन चरण। गन्ने काउन्टिङचाहिँ एकैचोटि गर्ने गर्‍यो भने त्यो धेरै चलखेल, षड्यन्त्र पनि हुन नपाउने, धेरै आर्थिक बोझ पनि राज्यको कम हुने, राजनीतिक दललाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार छ। अर्को, तीनवटैको गर्दा प्राविधिक गाह्रो पर्छ कि भन्ने तर्क छ र पहिला संघको निर्वाचन गर्ने अनि त्यसपछि स्थानीय तहको गर्ने कि भन्ने विचार पनि छ। यी दुईवटा विचारको बीचमा छलफल चलिराखेको छ।’

उनले विगतका सरकारले रोकेका सबै विधेयक पारित गराउनेतर्फ वर्तमान सरकार लागिपरेको पनि बताए। निजामती ऐन, प्रहरी ऐनलगायत ऐनलाई छिटोभन्दा छिटो अगाडि बढाउने उनले बताए।

समितिबाट पारित भएका अन्य सबै विधेयकलाई सरकारले अगाडि बढाउने उनले स्पष्ट पारे।

उनले भने, ‘गठबन्धनको सरकार बनिसकेपछि हिजोका सरकारले रोकेका सबै विधेयकलाई पारित गराउनेतिर हामी छौँ। यो निजामती ऐनसम्बन्धी, अनि यो प्रहरी ऐनसम्बन्धी, प्रदेशलाई दिने अधिकारसँग सम्बन्धित कुरा, कर्मचारीको सरुवा, बढुवा, समायोजनसँग सम्बन्धित कुराका ऐनलाई हामी छिटोभन्दा छिटो अगाडि बढाउन चाहन्छौँ।’ अध्यक्ष प्रचण्डले अनेक खालको षड्यन्त्र हुन सक्ने भन्दै त्यसतर्फ सबै चनाखो भएर बस्नुपर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?