आयातित वस्तुमा ५० प्रतिशतभन्दा बढी लोन प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या

आयातित वस्तुमा ५० प्रतिशतभन्दा बढी लोन प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या
+
-

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आयातित वस्तुमा ५० प्रतिशतभन्दा बढी लोन प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको जनाएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाम्रो आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दा पनि बढी मात्रामा आयातित वस्तुमा लोन प्रवाह हुँदा सो समस्या देखिएको प्रस्ट्याए।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘गहिरिँदो तरलता अभावः कारण र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले कोभिडका कारण रेमिट्यान्स घट्नु, लोन प्रवाहको समय थप गर्नु, सरकार परिवर्तनसँगै बजेट पुनर्विचार हुँदा पनि त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रको तरलतामा देखिएको बताए।

गभर्नर अधिकारीले भने, ‘नेसनल पोलिटिक्सको पनि असर भयो। सरकार चेन्ज भयो। सरकार चेन्ज भएपछि बजेटमा पुनर्विचार भयो। पुनर्विचार गर्ने भएपछि सुरुमै खर्च गर्ने अवस्था भएन। यसको असर पनि तरलतामा पर्‍यो। तर पछिल्लो दिनमा खर्च भएको अवस्था छ। लोन जानु विजनेसका लागि ठीकै छ। तर, हामी कहाँ समस्या के भयो भन्दा हाम्रो लोनको रिलेसनसिप सरसर्ती हेर्दा हाम्रो आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दा पनि बढी आयातको वृद्धिमा गाँसिएको देखिन्छ। गएको लोनमध्ये ५० प्रतिशतभन्दा बढी आयातमा खर्च भइरहेको पाउँछौं। यसले पनि बैंकिङ क्षेत्रमा तरलताको अवस्था देखिएको छ।’

गभर्नर अधिकारीले उत्पादनमूलक क्षेत्रमा लोन प्रवाह गर्न पनि बैंक तथा वित्तीय संस्थालाई सचेत गराए। उनले सस्तो ब्याजदरमा लोन दिने कामले पनि बैंकिङ क्षेत्रमा तरलता अभाव देखिने अवस्था आएको स्पष्ट पारे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभावका कारण ४५ लाख लगानीकर्ता प्रभावित भएको बताए। उनले ब्याजदर बढ्नुले साना उद्यमी, व्यवसायीको पुनरुत्थान तत्काल गर्न सकिने अवस्था नरहेको गुनासोसमेत गरे।

०७६ चैतदेखि कात्तिकसम्म कर्जाको माग खासै नभए पनि त्यसपछि माग ह्वात्तै बढ्दा बैकिङ क्षेत्रमा तरलताको अवस्था आएको हो। ०७६ साल चैतदेखि हालसम्म १२ खर्ब ३ अर्ब रुपैयाँ कर्जा जारी भएको छ। तर, सोही अनुपातमा निक्षेप संकलन नभएको गभर्नर अधिकारले स्पष्ट पारे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?