‘सकरात्मकताको सन्देश’ फैलाउन तीन वटा ब्रान्डबीच सहकार्य

‘सकरात्मकताको सन्देश’ फैलाउन तीन वटा ब्रान्डबीच सहकार्य
+
-

काठमाडौँ– ‘सकरात्मकताको सन्देश’ फैलाउन तीन वटा ब्रान्डबीच सहकार्य भएको छ।

यो चाडपर्वको उत्सवमा, गुलाफी, ब्युटी र वेलनेस उत्पादनका लागि एक स्टप सप, इन्डो–एथनिक पहिरनका लागि परिचित अजिइजा एटेलियर र हीरा एवं सुनको क्षेत्रको घरेलु ब्रान्ड श्री बालाजी डायमण्ड्सले नोभेम्बर १ देखि ३० सम्मको मेगा गिभअवेमा सहभागी हुन ग्राहकलाई प्रोत्साहन गर्न एकसाथ सहकार्य गरेको हो।

कोभिड–१९ महामारीबाट विस्तारै बाहिर निस्किँदै गर्दा ‘सकारात्मकताको सन्देश’ फैलाउने अठोटसाथ तीनवटा ब्रान्डले इन्स्टाग्रामको नेतृत्वको अभियानमार्फत सहभागीहरूलाई यस महामारीको समयमा आफू कृतज्ञ भएको एउटा कुरा अरुमाझ साट्न अनुरोध गर्दै सहकार्य गरिरहेका छन्।

एक जना भाग्यशाली विजेताले १ लाख ११ हजार रुपैयाँ बराबरको सामान र बहुमूल्य वस्तु जितेर आफूलाई आउने विवाहको सिजनका लागि तयार गर्न सक्नेछन्।

श्री बालाजी डायमन्ड्सले हीराको झुम्का सेट उपलब्ध गराउने, अजिइजा एटेलियरले गुलाबी र हरियो गरारा सेट र गुलाफीले उत्कृष्ट ब्रान्डबाट स्किनकेयर र कस्मेटिक्सहरू उपलब्ध गराउनेछन्।

एक भाग्यशाली विजेताले विवाह सिजनका लागि तयार हुन सबै ३ वटै ब्रान्डबाट उपहार जित्नेछन्। गुलाफीबाट उच्च गुणस्तरको बिउटी र वेलनेस उत्पादन, अजीइजाको तर्फबाट इन्डो–एथनिक लेहेंगा र एसबीडीको तर्फबाट गहना सेट उपलब्ध गराउनेछन्।

मंसिर १५ गते लक्की ड्रमार्फत गुलाफीको इन्स्टाग्राममा विजेता घोषणा गरिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?