भृकुटीमण्डपमा ‘बजारभन्दा सस्तो भाउमा जुत्ता’

भृकुटीमण्डपमा ‘बजारभन्दा सस्तो भाउमा जुत्ता’
+
-

काठमाडौँ – फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जुत्ता–चप्पल तथा छालाजन्य वस्तुको व्यापारिक प्रदर्शनी सुरु भएको छ।

काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यापारिक प्रदर्शनीको उद्घाटन गरे।

जुत्ता उद्योगी स्वयंले नै स्टल राखेका कारण प्रदर्शनीमा बजारमा भन्दा सस्तो दरमा जुत्ता पाइने आयोजकले दाबी गरेको छ।

प्रदर्शनीको उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले भर्खरै करोनाको कहरबाट अर्थतन्त्र पूर्वपत् अवस्थामा फर्कंदै गर्दा बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावले अर्थतन्त्र पुनः डामाडोल हुने हो कि भन्ने आशंका रहेको बताए।

यो समस्याको समाधानको उपाय समयमा खोज्न नसके उठ्न थालेका उद्योग कहिले पनि उठ्न नसक्ने गरी ढल्ने खतरा रहेको बताए। उनले बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्या समाधान गर्न सरकारलाई अनुरोधसमेत गरे।

यस्तै, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्रको व्यापार घाटा कम गर्न सकेसम्म निर्यातलाई बढाउनुपर्ने बताए। प्रदर्शनी कात्तिक २६ गतेदेखि मंसिर १३ गतेसम्म सञ्चालन हुनेछ। अवलोकनकर्तालाई आकर्षित गर्न छाला जुत्ता तथा वस्तुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ।

प्रदर्शनीमा नेपालका चर्चित ३० वटा कम्पनीका एक सयभन्दा धेरै स्टल राखिनेछन्। प्रदर्शनीमा करिब २ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ।

एसोसिएसनले वर्षको दुई पटक काठमाडौंमा र हरेक प्रदेशमा बर्षमा एक पटक व्यापारी मेला आयोजना गर्दै आएको छ।

एसोसिएसनले गत वर्षको माघ–फागुनमा पनि मेला आयोजना गरेको थियो । तर, हरेक बर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनी भने २ वर्षदेखि कारोनाका कारण स्थगन गर्दै आएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?