रुपन्देहीमा एमाले महाधिवेशन प्रतिनिधिकाे लागि तीन गुणा बढी आकांक्षी

रुपन्देहीमा एमाले महाधिवेशन प्रतिनिधिकाे लागि तीन गुणा बढी आकांक्षी
+
-

बुटवल – नेकपा एमालेको दशौं महाधिवेशनअन्तर्गत प्रतिनिधि चयनका लागि रुपन्देहीमा निर्वाचन हुने भएको छ।

आकांक्षीहरु निर्धारित संख्याभन्दा तीन गुणा बढी भएपछि अधिकांश क्षेत्रमा निर्वाचन हुने भएको हो।

करिब १७ हजार पार्टी सदस्य रहेको रुपन्देहीमा ३३ जना र मजदुर विशेष प्रदेश कमिटीबाट ७ जना गरी ४० जना प्रतिनिधि छनोट हुनेछन्। पाँचवटा संघीय निर्वाचन क्षेत्र रहेको रुपन्देहीको ४ नम्बर क्षेत्रबाहेकका अरु क्षेत्रमा तीनगुणा बढी आकांक्षी छन्।

तीन गुणा बढीले प्रतिनिधिका लागि मनोनयन दर्ता गरेको एमाले रुपन्देहीका प्रवक्ता मोहन चापागाईँले बताए। उनका अनुसार एकसयभन्दा बढी उम्मेदवारी पर्ने अनुमान छ।

एमाले रुपन्देहीका अनुसार रुपन्देही १ मा खुल्लाबाट ४ र महिला २ सहित ६ जना प्रतिनिधि चुनिनेछन्। यहाँ खुल्लामा २४ र महिला ७ गरी ३१ जनाले उम्मेदवारी दिएका छन्। रुपन्देही २ मा खुल्लामा ८ र महिला ३ गरी ११ जना छनोट हुनुपर्नेमा खुल्लामा ३५ र महिलामा १७ जनाको उम्मेदवारी परेको छ।

एमाले उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेको २ नम्बरमा राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, एमाले जिल्ला अध्यक्ष, नगरप्रमुखले उम्मेदवारी दिएका छन्। क्षेत्र नं. २ मा राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, प्रदेशसभा सदस्य थानकुमारी थापा, जिल्ला अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, बुटवल उपमहानगरका उपप्रमुख गोमादेवी आचार्य, तिलोत्तमाका प्रमुख वासुदेव घिमिरे, सैनामैनाका प्रमुख चित्रबहादुर कार्की, व्यवसायी एजाज आलमलगायतले मनोनयन दर्ता गराएका छन्।

खुल्लातर्फ ४ र महिला २ गरी ६ जना प्रतिनिधि चुनिने ३ नम्बर क्षेत्रमा ३१ जनाले उम्मेदवारी दिएका छन्। क्षेत्र नं ४ मा खुलातर्फ २ र महिलातर्फ १ गरी ३ जनामात्रै प्रतिनिधि चुनिन्छन्। एमालेको कमजोर उपस्थिति रहेको यहाँ सर्वसम्मत प्रतिनिधि छानिने सम्भावना छ।

क्षेत्र नं ५ मा खुल्लाबाट चार र महिला एक गरी पाँच जनामात्रै प्रतिनिधि छनोट हुनेछन्। यहाँ १२ जनाले मनोनयन दर्ता गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?