
काठमाडौँ – सेयर बजारमा साताको पहिलो दिन सामान्य करेक्सन देखिएको छ। बजार १.३८ अंकले घटेर २६८८.९२ अंकमा बन्द भएको छ।
बजार २६६८ अंकसम्म तल आएको थियो। पछि केही सुधार भएर २७०४ अंक पुगेको थियो।
बजारमा १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ वटाको घटेको छ। बोटलर्स नेपाल तराइ, मानुसी लघुवित्त र तेह्रथुम पावरको सेयर मूल्यमा बढेर सर्किट लागेको छ। महालक्ष्मी विकास बैंकको सेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ।
बजारमा महालक्ष्मीको सर्वाधिक सेयर कारोबार पनि भएको छ। कम्पनीको २७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ।
यसपछि आइसीएफसी फाइनान्सको २४ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ। एचआइडीसीएलको सेयर मूल्य १० प्रतिशतले घटेको छ।
दिनभरिमा ४ अर्ब ९ करोड रुपैयाँको किनबेच भएको छ भने कुल २३० कम्पनीको सेयर कारोबार भएको छ।