मुख्यमन्त्रीलाई गमगढी आगलागी पीडितको प्रश्नः दु:खकाे बेला सरकारले सहयाेग नगरे कसले गर्छ?

+
-

गमगढी– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले मुगु सदरमुकाम गमगढीका आगलागी पीडितलाई राहत उपलब्ध गराउने प्रतिवद्धता गरेका छन्।

बुधबार आगलागी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका शाहीले आवासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका हुन्।

प्रभावित क्षेत्रको निरीक्षणपछि आगलागी पीडितहरुसँगको छलफलका क्रममा उनले प्रदेश सरकारको कर्णाली आवास कार्यक्रम बराबरको रकम आगलागी पीडित प्रतिघरलाई प्रदान गर्ने आश्वासन दिए।

कार्यक्रममा एक पीडितले हात जाेडेर मुख्यमन्त्रीलाई भने, ‘दु:खकाे बेलामा हजुरहरुले सहयाेग नगरे कसले गर्छ। हामीले भन्ने त सरकारलाई नै हाे, स्थानीय तह हाेस् वा प्रदेश सरकार। हाम्राेबारेमा साेचिदिनुहाेला।’

मुख्यमन्त्री शाही नेपाली सेनाको हेलिकप्टरमा बुधबार बिहान करिब साढे नौ बजे गमगढी पुगेका थिए। मुख्यमन्त्री शाही पुगेलगत्तै पीडितले आक्रोश व्यक्त गरेका थिए।

मुख्यमन्त्री शाही नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, प्रदेशसभा सदस्य झोवा विक, प्रमुख सचिव राजकुमार श्रेष्ठ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यसहित मुगु पुगेका हुन्।

उनले आगलागी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए। आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काका अनुसार उक्त टोलीले २५० थान सिरक/कम्बल, स्वीटर/ज्याकेट, ७० केजीको २१ थान टेण्ट वितरण गरेको छ।

जिल्ला प्रशासन कार्यालय मुगुको पछिल्लो तथ्यांकअनुसार सोमबार राति लागेको आगोले २५ घर जलेका छन्।

तस्बिर/भिडियाे: प्रकाश देवकाेटा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?