‘खल्ती’ले गर्‍यो ‘द भ्वाइस किड्स नेपाल’ सँग भोटिङ पार्टनरको साझेदारी

‘खल्ती’ले गर्‍यो ‘द भ्वाइस किड्स नेपाल’ सँग भोटिङ पार्टनरको साझेदारी
+
-

काठमाडौँ – नेपालको अनलाइन भुक्तानी सेवाप्रदायक ‘खल्ती’ले ‘द भ्वाइस किड्स नेपाल’ सँग भोटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ।

कार्यक्रम कात्तिक २६ गतेबाट औपचारिक रूपमा हिमालय टिभीमा प्रसारण भएको थियो र अहिलेसम्म थुप्रै फ्यान बटुलिसकेको छ।

कार्यक्रममा प्रशिक्षक, निर्णायकका रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन्।

यसबारे ‘खल्ती’का सहसंस्थापक अमित अग्रवालले भने, ‘हामी ‘हिमालयन टिभी’ र ‘द भ्वाइस किड्स नेपाल’ सँग यस कार्यक्रमको पहिलो संस्करणका लागि साझेदारी गर्न पाउँदा उत्साहित छौं। ‘द भ्वाइस किड्स नेपाल’ लाई हाम्रो देशको सांस्कृतिक तथा सांगीतिक परिवेश झल्काउँदै यहाँ रहेको अथाह प्रतिभा देखाउन अवसर दिने एक उत्कृष्ट मञ्चको रूपमा लिन सक्छौँ।’

‘द भ्वाइस’अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाइज हो जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक सोबाट सुरु भएको थियो।

तीन सफल शृंखलालगत्तै, ‘द भ्वाइस’ ले बालबालिकालाई केन्द्रित गरेर ‘द भ्वाइस किड्स नेपाल’नामक नयाँ शृंखला लिएर उपस्थित भएको छ।

रियालिटी सो ‘द भ्वाइस किड्स नेपाल’ हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुन्छ। अहिले कार्यक्रम ब्लाइन्ड अडिसन राउन्डमा चलिरहेको छ जुन समाप्त भएपछि प्रतिस्पर्धीहरु ब्याटल राउन्डमा जानेछन्।

ब्याटल राउन्डको अन्त्यसँगै लाइभ राउन्ड सुरु हुनेछ जसमा दर्शकले आफ्नो मन पर्ने उम्मेदवारलाई ‘खल्ती’ एप प्रयोग गरी भोट गर्न सक्नेछन्।

२० लाखभन्दा बढी प्रयोगकर्ता भएको खल्तीले चार वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटलाइज गर्न निरन्तर योगदान पु¥याउँदै आएको छ।

‘खल्ती’ वालेट प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता सेवा लिन सकिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?