‘पार्टी एकता कायम राख्नु महत्वपूर्ण उपलब्धि हो’

‘पार्टी एकता कायम राख्नु महत्वपूर्ण उपलब्धि हो’
+
-

ललितपुर – कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले देशमा कम्युनिस्ट पार्टी र अन्य पार्टी पनि विभाजित भइरहेको समयमा नेपाली कांग्रेसलाई एकताबद्ध राख्न सक्नु पनि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसम्मति वा सहमतिको आधारमा पार्टी सञ्चालन गर्ने परिपक्वता देखाएको बताए।

पार्टीको भ्रातृ संगठन र विभाग गठनमा विलम्ब नगरौँ, सहमति नजुटे बहुमतबाट जाऔँ भनेर सल्लाह आउँदा सभापति देउवाले भनेको जवाफ स्मरण गर्दै उनले भने, ‘सभापतिले कम्युनिस्टको गतिविधि मैले हेरिरहेको छु। चुनावमा बहुमत ल्याए। अहंकार बढ्यो । विभाजित भए। म कुनै हालतमा पार्टी एक राख्छु। सहमति र सर्वसम्मतिको आधारमा पार्टी चलाउँछु भन्नुभयो। कुनै निर्णय आफूखुसी लाद्नु भएन।’

पार्टीमा आफू बहुमतमा भए पनि बहमुतको उपयोग नगरेर सर्वसम्मति र सहमतिबाट पार्टी सञ्चालन गर्ने सभापतिको निर्णय सुझबुझपूर्ण, दूरदर्शी र बुद्धिमतापूर्ण भएको उनले दाबी गरे। त्यसले समयमा निर्णय नभएर पार्टीलाई भएको क्षतिको पूर्ति पार्टी एकताबद्ध रहेर भएको बताए।
कांग्रेस सहमहामन्त्री डा. महतले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अत्यन्त उत्साहजनक रुपमा भइरहेको पनि बताए।
उनले पार्टीको क्रियाशील सदस्यता दोब्बर भएको पनि उल्लेख गरे।

उनले पहिले पार्टीको क्रियाशील सदस्यको संख्या साढे ४ लाख रहेको स्मरण गर्दै भने, ‘यसपटक झण्डै १० लाख पुगेको छ। युवा पिँढीको ठूलो सहभागिता छ।’

उनले यसपटक पार्टीको विधान पनि संविधानसभाले जारी गरेको संविधानको अक्षर र भावनासँग तादात्म्य रहने गरी बनाइएकाले पार्टी तल्लो तहदेखि नै अरु बढी समावेशी भएको र महिला, जनजाति, विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिँदै आएको पनि बताए।

सहमहामन्त्री डा.महतले यो महाधिवेशनलाई ऐतिहासिक भन्दै महिलाहरूको सहभागिताले उत्साहजनक परिणाम दिने पनि बताए। उनले भने, ‘अहिलेको प्रतिनिधित्वको प्रावधानले केन्द्रीय समितिमा ५७ देखि ५८ जना महिला पुग्नुहुन्छ। केही पहिले जसरी ९० देखि ९५ प्रतिशत पुरुषको प्रतिनिधित्व हरक्षेत्रमा देखिन्थ्यो अब तस्बिर फेरिँदै छ, त्यो स्थान महिलाले लिन सक्नेछन् । पार्टीको प्रदेश, जिल्ला र तल्ला तहमा पनि महिलाको एक तिहाइ प्रतिनिधित्व सुनिश्चित हुँदै आएको छ।’

उनले यो अधिवेशनका क्रममा वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशनका कार्यक्रम पर्व जसरी सम्पन्न भइरहेको पनि बताए। नेपाली कांग्रेसका सबै कार्यकर्तालाई पर्वजस्तो भइरहेको छ। केही दिनको अन्तरालमा फरक–फरक तहका अधिवेशन भइरहेका छन्। दसँै, दीपावली, नेपाल सम्वत, छठ आएजस्तो ।

उनले १४ औं महाधिवेशनका क्रममा नेता–कार्यकर्तामा देखिएको उत्साह र आएको ऊर्जालाई ठूलो शक्तिको रूपमा व्याख्या गर्दै यसलाई पार्टीका नेता र कार्यकर्ता मात्र हैन, शुभेच्छुक, पर्यवेक्षक र आमनागरिकले अत्यन्त उत्सकुतापूर्वक सकारात्मक रूपमा हेरिरहेको बताए। उनले भने, ‘यो ऊर्जा र उत्साह कम्तीमा आउने आमनिर्वाचनसम्म रहनुपर्छ।’

कांग्रेस सहमहामन्त्री डा. महतले नेपालको राष्ट्रिय गानमा भनिएजस्तो महाधिवेशनले सयौँ थुँगा पूmललाई एकै मालामा उनेको बताउँदै यो माला चुँडिन दिन नहुने बताए।

उनले महाधिवेशनका क्रममा भएको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । उनले भने, ‘यो हामीबीचको आन्तरिक प्रतिसप्र्धा हो। जिम्मेवारी कसै न कसैले लिनै पथ्र्याे । मतदाताबाट जिम्मेवारी लिने प्रक्रिया अवलम्बन गरिएको मात्र हो। यसलाई अन्तिम लडाइँ ठानेर साथीबीच तिक्तता र रिक्तता नरहोस्। शुत्रवत् व्यवहार नहोस्। आमनिर्वाचनमा जाँदा आफ्नो पार्टीको साथी अर्को पार्टीको जस्तो र अर्को पार्टीको प्रतिस्पर्धी आफ्नोजस्तो ठान्ने प्रवृत्ति त्याग्नुपर्छ। कसैप्रति गालीगलौज नहोस्। मित्रवत् व्यवहार होस्।’

कांग्रेस सहमहामन्त्री डा. महतले कांग्रेसले १४औं महाधिवेशनपछि प्रचार संयन्त्रमा भएको कमी कमजोरी सुधार गर्ने पनि बताए। उनले क्रान्ति गर्ने, आन्दोलन गर्ने, संविधान बनाउने, संविधान कार्यान्वयन गर्ने र संविधानको परिधिभित्र रहेर देशको भौतिक पूर्वाधार तथा आर्थिक–सामाजिक विकासमा कांग्रेसले जस्तो ऐतिहासिक काम कसैले नगरेको उल्लेख गर्दै भने, ‘तर हाम्रो कमजोरी छ, एकर्काको आलोचना गर्छांै, विपक्षीको हैन। नेपालमा ओलीको गफ बिकेको छ। हाम्रो काम बिकिरहेको छैन। हामी व्यक्तिलाई केन्द्रमा राख्दै छौँ । पार्टी र विचारलाई केन्द्रमा राख्नुप¥यो। पार्टीको क्षमता बढे हाम्रो क्षमता बढ्छ। हाम्रो प्रतिष्ठा बढ्छ।’

कांग्रेस सहमहामन्त्री डा. महतले वामपन्थी प्रचार शैलीको उल्लेख गर्दै भने, ‘नेपालमा कांग्रेस पार्टीले यति धेरै काम गर्दा पनि हामीले प्रचार गर्न सकेनाँै। उनीहरूले तिलबराबर काम गरेका छन् पहाड बराबर प्रचार गर्छन्। पहाड बराबर गल्ती गर्छन् र विवाद हुन्छ तर तिल बराबार बाहिर आउँदैन। हामीले तिल बराबर गल्ती ग¥याँै भने पनि पहाड बराबर हल्ला हुन्छ। पहाड बराबर काम गर्छौं, तिल बराबर प्रचार हुन्छ।’

सहमहामन्त्री डा.महतले पार्टीको प्रचार संयन्त्रलाई समयअनुसार सूचना प्रविधिमैत्री बनाउँदै पार्टी र पार्टीले तीन तहका सरकारमार्फत गरेका कामलाई जनताबीच लैजान सक्षम पारिने र कांग्रेसका कार्यकर्ताले पार्टीको इतिहास, विचार, सिद्धान्त र पार्टीले गरेका काम जान्न सक्ने बनाइने पनि बताए।

उनले पार्टीलाई आगामी निर्वाचनमा अत्यधिक बहुमतमा पु¥याउनुपर्ने उल्लेख गर्दै भने, ‘संसारभर कम्युनिष्टहरू निर्वाचनमा गएपछि हराएका छन्, नेपालमा पनि त्यही स्थिति ल्याउनुपर्छ। आगामी निर्वाचनमा त्यो अवस्था आओस्।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष