उद्यान बनाउन ‘जनमत माटो यात्रा’ अभियान

उद्यान बनाउन ‘जनमत माटो यात्रा’ अभियान
+
-

बुटवल – शान्ति र एकताको सन्देश फैलाउने उद्देश्यसहित डा सिके राउत नेतृत्वको जनमत पार्टीले ‘जनमत माटो यात्रा’ सुरु गरेको छ। सो पार्टीले लुम्बिनीको मायादेवी मन्दिर परिसरबाट ‘जनमत माटो यात्रा’ सुरु गरेको हो।

पार्टी अध्यक्ष राउतलाई स्थानीय नेताले लुम्बिनी परिसरको माटो हस्तान्तरण गरी ‘जनमत माटो यात्रा’को शुभारम्भ गरेका हुन्। माटो ग्रहण गर्दै पार्टी अध्यक्ष राउतले हरेक स्थानीय तहको माटो जम्मा गरेर एउटा पवित्र उद्यान बनाउने अभियान थालेको बताए।

उनले सबै स्थानीय तहको ऐतिहासिकता झल्कने गरी एकै स्थानमा उद्यान बनाउने योजना रहेको जानकारी दिए। आफ्नो प्रभाव बलियो रहेका क्षेत्रबाट माटो संकलन गर्ने बताएको जनमत पार्टीले उद्यान कहाँ बनाउने भन्ने टुंगो लगाएको छैन।

राउतले सम्भव भएका स्थानको माटो आफैँ पुगेर लिने र अरू स्थानको माटो कुनै माध्यमबाट संकलन गर्ने बताए। माटो संकलन अभियानसँगै जनमत पार्टीले देशव्यापी पार्टी प्रचार अभियान चलाउने जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?