बानेश्वरमा ढाका कपडाको प्रदर्शनी गरिने

बानेश्वरमा ढाका कपडाको प्रदर्शनी गरिने
+
-

काठमाडौँ – काठमाडौंमा ढाका कपडाको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीको भेला गरिने भएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्यान्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा पुस २, ३ र ४ गते काठमाडौं बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा ढाका कपडाको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीको भेला हुने भएको हो। प्रदर्शनीमा ४० वटा स्टल रहने बताइएको छ।

त्यसमध्ये २५ वटा स्टलमा ढाकाका वस्तु र १५ वटा स्टलमा रेशाजन्य अल्लोका उत्पादन राखिने नेपाल ह्यान्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघका संयोजक रमेश श्रेष्ठले जानकारी दिए।

सो अवसरमा ढाका उद्यमी व्यवसायीको छाता संस्थाको रूपमा रहेको ह्यान्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघ पुनर्गठनसमेत गरिने संयोजक श्रेष्ठले बताए। उनका अनुसार प्रदर्शनीमा राष्ट्रिय अल्लो उद्यमी संघ नेपालको पनि सहयोग रहेको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामकुमार गिरीले पछिल्लो समय ढाकाको महत्व बढ्दै गएको र ढाकाको उत्पादनमा विविधिकरण हुन थालेको बताए। ढाकाले महिला दिदीबहिनीलाई रोजगारमा संलग्न गराउनुका साथै पिछडिएका जनजातिको आर्थिक स्तरोन्नति गर्नसमेत मद्दत पुर्‍ याएको उनले बताए।

अध्यक्ष गिरीले ढाकालाई फेसन उद्योगसँग जोड्नु आवश्यक रहेको समेत उल्लेख गरे। ढाकाले ग्रामीण भेगमा रोजगारी सिर्जना गर्न र ग्रामीण भेगमा सन्तुलित विकास गर्न भूमिका खेलेको पनि उनले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष