‘घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्छ’

‘घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्छ’
+
-

काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बस्ने घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताएकी छन्।

पुल्चोक इन्जिनियरिङ क्याम्पसले सोमबार आयोजना गरेको रेक्ट्रोफिटिङ परीक्षण कार्यक्रममा मन्त्री झाँक्रील नेपाल प्राकृतिक प्रकोप भूकम्प, बाढी–पहिरोजस्ता समस्याले जोखिममा रहेको बताइन्।

उनले अहिले पनि नेपालको जनसंख्याको ठूलो हिस्सा भूकम्पजस्ता प्राकृतिक प्रकोपको जोखिम स्थानमा बसोबास गरिरहेको बताइन्।

शिक्षालयले जोखिम न्यूनीकरण गराउने जागरण ल्याउने गरी काम गर्न सके प्राकृतिक विपत्तिबाट हुने क्षति कम गर्न सकिने उनको भनाइ छ।
मन्त्री झाँक्रीले भनिन्, ‘हरेक मानिस बस्ने घर तथा सहर बस्नलायक र सुरक्षित हुनुपर्छ। त्यसका लागि हामी विभिन्न अध्ययनमार्फत भूकम्पबाट जोखिममा परेका मात्र नभई सम्भावित जोखिमलाई समेत प्राथमिकता दिएर घर जोगाउने प्रयासमा लाग्नुपर्छ।’

पुल्चोक क्याम्पसले गरेको अध्ययनमार्फत गरेको जागरण महत्वपूर्ण रहेको उनले बताइन्।

उनले भनिन्, ‘यस्तै अध्ययनबाट मात्रै प्राकृतिक प्रकोपबाट सुरक्षित हुन सकिन्छ। त्यसका लागि जोखिममा घर भएका जनतालाई सरकारले भूकम्प प्रतिरोधक सुरक्षित घर बनाइदिने कार्य अगाडि बढाएको छ।’ मन्त्री झाँक्रीले जनतालाई उचित वासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताइन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष