लुटपाट गरेको आरोपमा २ जना पक्राउ

लुटपाट गरेको आरोपमा २ जना पक्राउ
+
-

काठमाडौँ – सहकारीका सुरक्षागार्डको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

दोलखा गौरीशंकर गाउँपालिका–१ जुगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या गरिएको थियोे।

उनको हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुई जनालाई पक्राउ गरेको हो।

दोलखा गौरीशंकर गाउँपालिका–१ जुगुका २७ वर्षीय विक्रम कार्की र २० वर्षीय सुमन कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

विक्रमलाई प्रहरीले काठमाडौंको तीनकुने र सुमनलाई चुच्चेपाटीबाट बुधबार पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

कात्तिक १० गते एक अज्ञात समूहले सुरक्षा गार्ड खड्कालाई नियन्त्रणमा लिएको खबर प्रहरीले पाएको थियो। त्यस्तै, उनीहरूले सहकारीबाट एक लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटेर फरार भएका थिए।

फरार भएको दुई दिनपछि खड्काको शव जुगुको जंगलमा फेला परेको प्रहरीले जनाएको छ।

जंगलमा डोरीले खुट्टा र हात पछाडि बाँधिएको र मुख खादाले बाँधेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक महतोले बताए।

मृतक खड्काबाट लुटिएको फोन र बाँकी एक लाख ३८ हजार २३५ रुपैयाँ नगदसमेत प्रहरीले बरामद गरेको छ।

थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष