आयोगले सुरु गर्‍यो स्थानीय तहबाट मतदाता नामावली संकलन

आयोगले सुरु गर्‍यो स्थानीय तहबाट मतदाता नामावली संकलन
+
-

काठमाडौं – निर्वाचन आयोगले शुक्रबारदेखि स्थानीय तहबाट मतदाता नामावली दर्ता सुरु गरेको छ।

आयोगले एक महिना अवधिका लागि फोटोसहितको मतदाता नामावली संकलन र सूचीकरण गर्न थालेको हो। ०७८ सालभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै आयोगले मतदाता नामावली सूचीकरणलाई अगाडि बढाएको हो।

पहिलो चरण तराई, भित्री मधेस, काठमाडौं उपत्यकाका पालिका तथा स्थानीय तहबाट र दोस्रो चरण बाँकी रहेका स्थानीय तहबाट मतदाता नामावली संकलन गर्ने आयोगले जनाएको छ।

भदौदेखि जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गरिरहेको आयोगले यसपटक स्थानीय तहबाट नामावली संकलन गर्न थालेको हो।

१६ वर्ष पुगेका नागरिकता प्राप्त व्यक्तिले फोटोसहित मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि व्यक्ति स्वयं उपस्थित भएर मात्र नाम दर्ता गर्न सकिने निर्वाचन आयोगका प्रवक्ता शालिकरामशर्मा पौड्यालले बताए। निर्वाचनमा मतदान गर्न भने १८ वर्ष उमेर हुनुपर्ने कानुनी प्रावधान छ।

सरकारले मतदाता नामावली संकलन प्रयोजनका लागि ५ करोड ६४ लाख रुपैयाँ बजेट आयोगलाई दिएको छ।

नेपालमा हाल १ करोड ६२ लाख ४३ हजार मतदाता कायम छन्। जिल्लास्थित निर्वाचन कार्यालय स्थानीय तहका केन्द्र तथा जिल्ला प्रशासन कार्यालयबाट फोटोसहितको मतदाता नामावली सूचीकृत गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष