पुनर्निर्माणका बाँकी काम नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने

पुनर्निर्माणका बाँकी काम नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने
+
-

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने बताएका छन्।

राजधानीमा बुधबार आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले ०७२ सालको भूकम्पले भत्काएका स्वास्थ्य संस्था, विद्यालय, सरकारी र पुरातात्विक संरचना सरकारका नियमित कार्यक्रममा राखी प्राथमिकतासाथ सम्पन्न गरिने बताएका हुन्।

यसअन्तर्गत निजी आवासको काम चालु वर्षमा सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी दिए।

साथै, विपद व्यवस्थापनसम्बन्धी कार्य विपद व्यवस्थापन प्राधिकरणमार्फत सम्पन्न गर्ने व्यवस्था मिलाएको मन्त्री शर्माले जानकारी दिए।

अर्थमन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त निजी तथा सार्वजनिक संरचना पुनर्निर्माणको अभियानसँगै मुलुकमा भौगर्भिक जोखिम भएका बस्तीको स्थानान्तरणका लागि एकीकृत बस्ती विकास कार्यक्रम अगाडि बढाइएको तथा बस्ती सुधार संरक्षण कार्यमा सरकार गम्भीरपूर्वक अघि बढेको पनि बताए।

भूकम्पबाट क्षतिग्रस्त विद्यालय स्वास्थ्य संस्था तथा सरकारी एवं सार्वजनिक ऐतिहासिक र पुरातात्विक सम्पदाको पुनर्निर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुलजस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुनर्निर्माण भएको उल्लेख गरे।

सफल पुनर्निर्माण कार्यले क्षतिग्रस्त संरचना निर्माण मात्र नभई त्यस क्रममा कार्यसम्पादनमा नेपालको निर्णय क्षमता र प्रविधि क्षेत्रको ज्ञानसमेत विकसित भएको उनले बताए।

साथै, राजनीतिक दलको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटेको जनशक्तिको लगनशीलताका कारण सफलता हात लागेको उनको भनाइ छ ।

उनले भूकम्पपछिको प्रतिकूल परिस्थितिमा संविधान निर्माणले पूर्णता पाउनुको साथै भूकम्पपछि भौतिक संरचना पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि गठन भएको र यसको कार्यकाल सन्तोषजनक रूपमा सम्पन्न भएको टिप्पणी गरे।

दोस्रो संविधानसभा निर्वाचनपछि संविधान निर्माणका लागि संसद्मा बहस गरिरहँदा विनाशकारी भूकम्प आएर नौ हजारले ज्यान गुमाएका थिए भने २२ हजार घाइते भएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष