स्टडी ग्रुपको ‘जब रेडी प्रोग्राम’

स्टडी ग्रुपको ‘जब रेडी प्रोग्राम’
+
-

काठमाडौँ – अन्तर्राष्ट्रिय शिक्षाप्रदायक स्टडी ग्रुपले अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई उनीहरूको ‘करियर’ मा मद्दत गर्ने उद्देश्यले ‘जब रेडी प्रोग्राम’ ल्याएको छ।

यो प्रोग्राम विशेष गरी नेपाली विद्यार्थीलाई भविष्यमा सहज रूपमा रोजगारी पाउने अवसर बढाउन ‘कि ट्रान्सफरेबल स्किलस्’ सिक्न मद्दत गर्न डिजाइन गरिएको हो। जसले उनीहरूलाई पढ्दै कमाउने अवसर प्रदान गर्दै पढाइ सकेपछि अन्तर्राष्ट्रिय कम्पनीमा रोजगारी पाउन सक्षम बनाउँछ।

स्टडी ग्रुपले युके इन्टरनेसनल स्टडी सेन्टर वा युएस इन्टरनेसनल कलेजबाट आफ्नो प्रक्रिया अगाडि बढाउने सबै विद्यार्थीको सम्पूर्ण सेवा शुल्क व्यहोर्नेछ।

स्टडी ग्रुपका विद्यार्थीले शैक्षिक सामग्रीका साथै सिभी लेखन र प्रोफाइल प्रेजेन्टेसनका लागि पनि सहयोग प्राप्त गर्नेछन्। यसका साथै उनीहरूले इन्टभ्र्यु कोचिङ, मक इन्टभ्र्युबाट पनि लाभ लिन सक्नेछन्। यो कार्यक्रम सकिएपछि विद्यार्थीले सम्भावित रोजगारदातासँग ३ वटासम्म इन्टभ्र्यु सेक्युर गर्न आवश्यक सहयोग प्राप्त गर्न सक्नेछन्।

स्टडी ग्रुपको दक्षिण एसिया क्षेत्रीय निर्देशक नि बन्दराले भने, ‘जब रेडी प्रोग्राम स्टडी ग्रुपको एउटा यस्तो गज्जबको पहल हो जसले नेपाली विद्यार्थीलाई उच्च शिक्षा सकिनासाथ कामका लागि दक्ष बनाउँछ। उनीहरूले युके आउनासाथ आफैँले अध्ययन गरेको विषयमा अझ ज्ञान र अनुभव बढाउँदै प्रोफेसनल कोर कम्पिटेन्सिज बढाउन र सम्बन्धित कामको अनुभव बढाउन सक्षम हुनेछन् जसले उनीहरूको भविष्यमा राम्रो रोजगारी पाउन सक्ने अवसर सुनिश्चित हुन्छ। फलस्वरूप नेपाली श्रम बजारमा अहिले देखा परिरहेको स्किल ग्यापलाई पनि उनीहरू कम गर्न सक्षम हुनेछन्।’

स्टडी ग्रुपको यस रोजगारी कार्यक्रममा ‘प्रिपेयर फर सक्सेस’ ‘जब रेडी’, ‘भर्चुअल इन्टर्नसिप’ जस्ता कार्यक्रम समावेश छन्। यी नयाँँ कार्यक्रम युके र युएसका विश्व–विद्यालयमा राम्रोसँग अध्ययन सकाउन र एक्काइसौँ शताब्दीमा सफल हुन आवश्यक सीप प्रदान गर्न डिजाइन गरिएका हुन्।

प्रिपेयर फर सक्सेस

नेपाली शैक्षिक पद्धतिबाट विदेशी शैक्षिक पद्धतिमा सजिलै ट्रान्जिसन हुन आवश्यक भाषाको साथ–साथै जीवनोपयोगी शिक्षा र लर्निङ स्किल सिक्न विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले ल्याइएको अनलाइन कार्यक्रम हो।

यो कार्यक्रमको तात्कालिक नतिजाको रूपमा यो कोर्समा सहभागी ८२ प्रतिशत विद्यार्थीले आफ्नो उच्च शिक्षा अगाडि बढाउन आफू पर्याप्त रूपमा तयार भएको बताएका थिए।

जब रेडी

स्टडी ग्रुपका निःशुल्क रोजगार सेवाअन्तर्गत युकेमा अध्ययनरत नेपाली विद्यार्थीले पढ्दै काम गर्ने अवसर पाउनुका साथै की ट्रान्स्फरेबल स्किल्स सिक्न र कामको अनुभव लिन सहयोग गर्नेछ।

भर्चुअल इन्टर्नसिप

स्टडी ग्रुपले भर्चुअल इन्टर्नसिस पार्ट्ससँग सहकार्य गरेर नेपाली विद्यार्थीलाई ७० भन्दा बढी देशको ४० भन्दा बढी उद्योगमा अनलाइन इन्टर्नसिप र कामको अवसर प्रदान गर्नेछ।

भर्चुअल इन्टर्नसिपले विश्वभरिका ४ हजारभन्दा बढी कम्पनीसँग सहकार्य गरेर हजारौँ विद्यार्थीलाई रिमोट इन्टर्नसिपको माध्यमबाट प्रोफेसनल स्किल वृद्धि गर्न सहयोग गर्छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष