नेपालमा विदेशीको नियन्त्रित अराजकता र अस्थिरता पस्न दिन्नौँ: ओली

नेपालमा विदेशीको नियन्त्रित अराजकता र अस्थिरता पस्न दिन्नौँ: ओली
+
-

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका छन्।

नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले काठमाडौंमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले विदेशी शक्तिले नेपालमा नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताए।

नेपालमा कूटनीतिक क्षेत्रमा काम गरेर फर्किएको एक कूटनीतिज्ञले लेखेको पुस्तकले सो कुरा स्पष्ट पारेको उनले उल्लेख गरे। नेपालमा अराजकता भित्रिन नदिने एमाले भएकाले पुस्तकमा एमाले र आफूविरुद्ध लेखिएको पनि उनले बताए।

अध्यक्ष ओलीले नेपालमा विदेशीको हातको नियन्त्रित अराजकता र अस्थिरता पस्न नदिने र पसिहालेमा पराजित गर्ने बताए। उनले भने, ‘एउटा नेपालमै लामो समय कूटनीतिक सेवा गरेर फर्किएको एउटा विदेशीले के लेखेको छ किताबमा भने, एउटा किताब निकालेको छ त्यो किताब पहिलो कुरो एमालेविरुद्ध छ। अलिक राम्रैसँग मेरो विरुद्ध छ। उद्देश्य के छ, के हो उनको देशको उद्देश्यभन्दा नेपालमा नियन्त्रित अराजकता फैलाउने। एउटा कूटनीतिज्ञले कबुल गर्छ लिखित रुपमा अनेकपल्ट हेरेर, लेखेर, हेरेर, सम्पादन गरेर प्रकाशन गरेको, सुविचारित ढंगले प्रकाशन गरेको पुस्तकमा। बोल्दाखेरी बाइ द वे बोलिएको कुरा होइन। लेखेर, हेरेर, पढेर फेरि विचार गरेर, सम्पादन गरेर प्रकाशन गरेको पुस्तकमा नियन्त्रित अराजकता हामी नेपालमा ल्याउँछौँ अथवा हाम्रो उद्देश्य नियन्त्रित अराजकता हो। त्यसको बाधक नेकपा(एमाले) हो, जसले नियन्त्रित अराजकता र अराजकता ल्याउन दिँदैन। उसले स्थायित्व, स्थिरता र शान्तिका लागि काम गर्छ। त्यसकारण हाम्रो विरोधी हो। उनको स्पष्ट छ लेखाइ। त्यो कुरा हामीले बुझ्नुपर्छ। हामी कसैलाई नेपाललाई उनीहरूको हातको नियन्त्रित ढंगको अराजकता, अस्थिरताजस्ता कुरा यहाँभित्र पस्न दिँदैनौँ, खेल्न दिँदैनौँ। खेलिहाल्यो भने पराजित गर्नेछौँ।’

अध्यक्ष ओलीले राजनीतिक पार्टीले नै राष्ट्रियता र राष्ट्रिय एकता जोगाउने उल्लेख गर्दै त्यसका लागि स्पष्ट राष्ट्रिय दृष्टिकोण हुनुपर्ने बताए। एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को स्पष्ट दृष्टिकोण भएको उनको भनाइ छ। एमालेको दृष्टिकोणलाई संशोधन गरेर ‘समुन्नत नेपालः सम्मानित नेपाली’ बनाइएको उनले टिप्पणी गरे।

नेपाली कांग्रेसका युवा नेता तथा १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका गगन थापाले ‘समुन्नत नेपालः सम्मानित नेपाली’ को नारा अघि सारेका थिए। ओलीले सोही नाराप्रति टिप्पणी गरेका हुन्।

उनले भने, ‘आजकाल अलिअलि सुन्न थालिया छ, हामीले समृद्ध नेपाल सुखी नेपाली भन्यौँ। अहिले त्यसबाट अलिअलि यताउता पार्न खोज्या, समुन्नत नेपाल सम्मानित नेपाली पो हुनुपर्छ भन्ने यताउता त्यसमा संशोधन गरेर चिन्तकहरू निस्किन खोज्या देखिन्छ। राम्रो कुरा हो त्यो। तर, पहिले यस्तै भएको थियो। आफ्नो गाउँ आफैँ बनाऔँ एउटा अभियान चलेको थियो। त्यसलाई अनेक खालका नाममा परिवर्तन गर्न खोजियो।’

उनले अब बस्ने केन्द्रीय कमिटी बैठकले महत्वपूर्ण काम गर्ने उल्लेख गरे। एमालेलाई आराम गर्ने फुर्सद नभएको भन्दै सक्रियतापूर्वक काममा लाग्न र पूरै देशलाई कामरेडमय बनाउन उनले नेताहरूलाई आग्रह गरे।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष