
काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी भएको बताएका छन्।
उनले यो पार्टीकै नेतृत्वमा देशमा धेरै क्रान्ति भएको उल्लेख गर्दै आगामी दिनमा अझै फैलिने र विस्तार होस् भन्ने शुभकामना दिए।
उनले आफू कसैप्रति आलोचना नगर्ने बताउँदै देशमा धेरै परिवर्तन भएको उल्लेख गरे। ओलीले देश अन्धकारमै नरहेको बताए। उनले भने, ‘कांग्रेस र एमालेको नेतृत्वले नै देशलाई सही दिशामा अघि बढाएको हो।’