कांग्रेस महाधिवेशन उद्घाटन मञ्चमा देखिएका रोचक १८ दृश्य

कांग्रेस महाधिवेशन उद्घाटन मञ्चमा देखिएका रोचक १८ दृश्य
+
-

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे सुरु हुने भनिएको थियो। तर, निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भयो। कांग्रेस सभापतिदेखि केन्द्रीय सदस्यसम्म मञ्चै बोलाइएको उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलका नेतादेखि भारतका दुईवटा पार्टीका प्रतिनिधिले समेत शुभकामना दिए।

नेताहरूबीच शुभकामना आदान प्रदानको क्रममा विगतमा जस्तो चर्को घोचपेच नभए पनि केही रोचक दृश्य भने देखिएका छन्।

१. महाधिवेशन उद्घाटनस्थलमा आयोजक कांग्रेसका सभापति शेरबहादुर देउवाभन्दा पहिला लोसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पुगेका थिए।

२. कार्यक्रममा निम्त्याइएका अतिथिमध्ये सबैभन्दा अन्तिममा एमाले अध्यक्ष केपी ओली मञ्चमा पुगेका थिए। मञ्चमा नमस्कार गर्दै ओली उक्लिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ टाउको बटारेर अन्तै हेर्न थाले। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने ओली कुर्सीमा नबसुन्जेलसम्म भुइँमै हेरेर बसिरहे।

३. सबैभन्दा ढिला आएका ओलीलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कुर्सी छोडिदिए। पौडेल कुर्सी छाड्दै मञ्चको पछिल्लो लहरमा गएर बसे।

४. दलबीच पछिल्लो दिन बढेको तिक्तताका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजावादीका अध्यक्ष नेपाल र एमालेका अध्यक्ष केपी ओली कसैले पनि सम्बोधनका क्रममा एकअर्काको नाम लिएनन्।

५. शुभकामना मन्तव्यका क्रममा भाजपा नेता हर्षवर्द्धन र मालेका महासचिव सिपी मैनालीले लामो भाषण गरेपछि कार्यक्रम सञ्चालक कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पोडियममै पुगेर चिट दिनुप¥यो। हर्षवर्द्धनले यतिधेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा आफूले कहिल्यै नदेखेको भन्दै भाषण लम्ब्याएका थिए भने सिपीले सरकार र दलका नेताका कमजोरीको फेहरिस्त सुनाएर भाषण लामो बनाएका थिए।

६. राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेतालाई जनताले चोर भन्न थालेको बताउँदा दर्शकदीर्घामा ताली बज्यो। तर प्रचण्ड, नेपाल र ओलीले नेतालाई चोर कसैले नभनेको दाबी गर्दा पनि दर्शकदीर्घामा उसैगरी ताली बजेको थियो।

७. उद्घाटन सत्रमा बोलेका प्रचण्ड, नेपाल र ओलीबाहेक सबैजसो दलका नेताले सर्वोच्च अदालतको विवाद चाँडो टुंगिनुपर्ने बताए। तर, सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताले भने यो विषयमा एक शब्द पनि बोलेनन्।

८. कार्यक्रममा सबैभन्दा छोटो भाषण जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले गरिन्। सधैँ लामो भाषण गर्ने ओलीले भने तुलनात्मक रुपमा छोटो भाषण गरे।

९. उद्घाटन सत्रमा शुभकामना दिन पुगेका नेता सिपी मैनालीले सरकारका कामकारबाहीको खुलेर आलोचना गरे। जबकि राप्रपा महाधिवेशन उद्घाटनमा शुभकामना दिने क्रममा उनले राजा त्रिभुवनदेखि महेन्द्रसम्मको गुणगान गरेका थिए।

१० . लोसपा अध्यक्ष महन्थ ठाकुरले ले अधिकांश भाषण एमाले महाधिवेशन उद्घाटनकै विषयमा दोहो¥याए। र, भाषणको अन्त्यमा आफ्ना केही माग पूरा गरेको भन्दै एमाले महाधिवेशन चितवनको उद्घाटनकै शैलीमा ओलीलाई धन्यवाद दिए।

११. जसपा अध्यक्ष उपेन्द्र यादवले पनि एमाले महाधिवेशनकै भाषण दोहो¥याउँदै शुभकामना दिँदा आफ्नै पार्टीको नाम जनता समाजवादी नेपाल मात्र भने। उनले पूरै समय लिखित भाषण गरे।

१२. कार्यक्रम सञ्चालक विश्वप्रकाश शर्माले मञ्चमा नेताहरूलाई बोलाउँदा खासै वास्ता नगरेका दर्शकले माधव नेपाल र केपी ओलीलाई भने ताली र हुटिङले स्वागत गरेका थिए।

१३. भाषण गर्न माइक समाएका प्रचण्डले नेतालाई चोर भन्छन् भनेर भन्ने नगरेको शैलीले हात हल्लाए पनि दर्शकदीर्घाबाट भने लामो समय हो भनेर हुटिङ भइरह्यो। त्यसपछि प्रचण्डले आफ्नो भनाइ अन्तै मोडेका थिए।

१४. भाषणका लागि मञ्चमा पुगेका एमाले अध्यक्ष ओलीले देउवालाई पूर्वप्रधानमन्त्री भनेर सम्बोधन गरे। तर, भाषणका क्रममा भने उनले देउवालाई प्रधानमन्त्रीकै रूपमा सम्बोधन गरेका थिए। देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्दै आएका ओलीले हाँस्दै पूर्वप्रधानमन्त्री भनेका कारण उनको व्यंग्य भएको प्रस्ट झल्किन्थ्यो।

१५. पोडियममा पुग्नुअघि ओलीले देउवासँग बोल्ने अनुमति मागेका थिए। जबकि अरु नेता सरासर गएर बोलेका थिए।

१६. ओलीले टिप्पणी गर्दिनँ भन्दै शुभकामना मन्तव्य दिन सुरु गरे, भृकुटीमण्डप क्षेत्रमा बिजुली गएपछि उनले केहीबेर माइक ठोके र कुर्सीमा गएर बसे। तर केहीक्षणमै बत्ती आएपछि प्रवक्ता शर्माले पुनः बोलाएपछि छोटो मन्तव्य राखेर उनी बिदा भए।

१७. कांग्रेस सभापति देउवाले बोल्नुअघि नै अतिथि नेताहरू मञ्चबाट बाहिरिए।

१८. दलका नेताहरूका शुभकामना सकिएपछि कांग्रेस पदाधिकारीको शुभकामना मन्तव्य र नाचगान सँगसँगै चल्यो।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष