‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७८’ केशव पौडेललाई प्रदान

‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७८’ केशव पौडेललाई प्रदान
+
-

काठमाडौँ – यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार केशवप्रसाद पौडेललाई प्रदान गरिएको छ। ०४२ सालदेखि पत्रकारितामा सक्रिय पौडेललाई शुक्रबार उक्त पुरस्कार हस्तान्तरण गरिएको हो।

नेपाल समाचार केन्द्र प्रालिद्वारा स्थापित सो पुरस्कारको राशि सम्मानपत्रसहित नगद ३४ हजार रहेको छ।

नेपालमा आर्थिक पत्रकारिताको जग बसाल्न महत्वपूर्ण भूमिका खेलेका स्वर्गीय पत्रकार विजयबाबु खत्रीको स्मृतिमा ०७५ सालमा केन्द्रले पुरस्कार स्थापना गरेको हो। खत्रीको दशौं स्मृति दिवसको अवसरमा मंसिर १२ गते यस वर्ष पौडेललाई उक्त पुरस्कार प्रदान गरिने घोषणा गरिएको थियो।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्रीसहितको समिति गठन भएको थियो।

सोही समितिले पत्रकार पौडेललाई तेस्रो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको थियो।
केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमको पाँचौं वार्षिकोत्सवको अवसरमा सो पुरस्कार हस्तान्तरण गरिएको हो। पुरस्कृत व्यक्तित्व पौडेललाई केन्द्रकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले सम्मानपत्र हस्तान्तरण गरिन्।

सो अवसरमा उनले पौडेलजस्ता अग्रज पत्रकारलाई पुरस्कृत र सम्मानित गर्न पाउँदा समाचार केन्द्र गौरवान्वित भएको बताइन् । पत्रकार पौडेलले पनि केन्द्रले आफू र आफ्नो पत्रकारितालाई सम्झिएकोमा धन्यवाद दिए।

पौडेल न्यु स्पटलाइट पाक्षिक म्यागजिनका प्रकाशक र सम्पादक हुन्। काठमाडौं–३२, कोटेश्वरका स्थायी बासिन्दा उनी सन् २००६ मा ‘डेभलपिङ एसिया जर्नालिज्म अवार्ड’बाट सम्मानित भएका थिए। खेलकुद बिटको समाचार लेखनबाट पत्रकारिताको सुरु गरेका पौडेल पछिल्लो समय विकास र आर्थिक विषयवस्तुमा कलम चलाउँछन् ।

आर्थिक पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा विजयबाबु खत्रीको निधन भएको थियो। खत्रीको स्मृतिमा उनकी धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गरेकी हुन्।

सोही अक्षय कोषमार्फत केन्द्रले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ। विजयबाबु पत्रकारिता पुरस्कारबाट पहिलो वर्ष ध्रुवहरि अधिकारी र दोस्रो वर्ष स्वर्गीय गोकर्ण गौतम पुरस्कृत भएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष